नारायणी पुलबाट हामफालेका व्यक्तिको खोजी अभियान जारी

0


गैँडाकोट, ७ अषाढ । नारायणी पूलबाट हामफालेका गैँडाकोटका एक व्यक्तिको खोजी अभियान जारी रहेको छ । अन्दाजी ६३ वर्षका ती व्यक्तिले दिउँसो करिब २ बजेको समयमा पुलबाट हामफालेको इलाका प्रहरी कार्यालय गैँडाकोटले जानकारी दिएको छ । उनि बेपत्ता रहेको र इलाका प्रहरी कार्यालय गैँडाकोटले खोजी अभियान जारी राखेको छ । आजै गैँडाकोट १ मिलन चोकका एक व्यक्ति हराएको सूचना आएको कारण उहाँनै हुन सक्ने सम्भावना प्रारम्भीक अनुसन्धानमा खुलेको तर हामफालेका व्यक्तिको अवस्था पत्ता नलागेसम्म यकिन भन्न नसकिने इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ ।

Share.

Leave A Reply