नारायणी नवदुर्गा मन्दिर गैंडाकोट २ ले नारायणी तटमा गंगा आरती गर्ने

0

प्रेम क्षेत्री

जेठ १ गैंडाकोट । नारायणी नवदुर्गा मन्दिर सेवा समिति गैंडाकोट २ ले नारायणी तटमा आजदेखी गंगा आरती आरम्भ गर्ने भएको छ ।
नारायणी पुलबाट माथी गैंडाकोटतर्फ नारायणी तटमा आजदेखी गंगा आरती गर्न लागिएको हो । हरेक महिनाको १ गते गंगा आरती गरिने नारायणी नवदुर्गा मन्दिरका अध्यक्ष अमृत श्रेष्ठले जानकारी दिनुभयो । आरतीका लागि आवश्यक तयारी भईरहेको उहाँको भनाई छ ।

हाल मन्दिरका पुजारी पण्डित मोहन निरौलाबाट विधिवत रुपमा आरती हुने जनाउँदै उहाँले यसको व्यवस्थापनका लागि अध्ययन भईरहेको बताउनुभयो ।


देवघाट क्षेत्र विकास समितिको क्षेत्र समेत पर्ने यस क्षेत्रलाई समेत धार्मिक स्थलका रुपमा विकास गर्ने हेतुले गंगा आरती गर्न लागिएको उहाँले बताउनुभयो । सो कार्यमा नारायणी टोल विकास संस्थाले पनि सहयोग गरिरहेको छ ।
यस स्थलमा स्नानघाटका लागि डिपिआर समेत तयार भईसकेको उहाँले बताउनुभयो ।

मन्दिर व्यवस्थापनका लागि गैंडाकोट नगरपालिकाले ५० हजार हस्तान्तरण गरिसकेका छ भने अक्षयकोषमा रहनेगरि अक्सफोर्ड कलेजले पनि ५१ हजार हस्तान्तरण गरेको श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार अक्षयकोषमा हाल ५ लाख रहेको छ ।

Share.

Leave A Reply