नारायणी नदि किनारमा पौष १० गते दिव्य आध्यात्मिक प्रवचन

0


गैँडाकोट । गैँडाकोट १ को नारायणी नदि किनारमा जीवनपयोगी, सारगर्भित र दिव्य आध्यात्मिक प्रवचन हुने भएको छ । बराह भगवानको असिम कृपाद्धारा अभिप्रेरितभई पौडेल सेवा समाज गैँडाकोटले एक दिने सत्सगं कार्यक्रमको आयोजना गरेको हो । बराहधाम बराह पञ्चागं मन्दिरको प्रागंणमा पुस १० गते कार्यक्रम हुने छ । कार्यक्रममा गलेश्वर आश्रम देवघाटका पीठाधिश श्रोत्रीय ब्रह्मनीष्ठ महामण्डलेश्वर अनन्त श्री विभूषित स्वामी आत्मानन्द गिरीजी महाराज र हरिहर सन्यास आश्रमका पीठाधिश तथा नेपाल सन्त समाजका अध्यक्ष श्री १००८ स्वामी ज्ञानानन्द सरस्वतीबाट आध्यात्मिक प्रवचन हुनेछ । यस प्रवचनले देवघाटमा हुने सत्संग कार्यक्रम, पञ्चागं मन्दिरको प्रागंणमा निर्माणधिन सत्सगं भवन र कृष्णगण्डकीको तटलाई उजागर गर्ने प्रवचनको मूल उद्देश्य रहेको मूल समारोह समितिका संयोजक पुरुषोत्तम पौडेलले   बताउनुभयो ।

सत्सगं समारोहका लागि आयोजकद्धारा शनिबार मूलसमारोह समिति गठन गरिएको छ । पत्रकार सम्मेलन पूर्व पौडेल सेवा समाजले प्रवचन कार्यक्रमका लागि विभिन्न उपसमिति गठन समेत गरेको छ । पौष १० गते विहान शोभा यात्रा निकालिने पौडेल सेवा समाजका अध्यक्ष दण्डापाणि पौडेलले बताउनुभयो ।

Share.

Leave A Reply