नारायणी नदिले कटान गरेपछि मेघौलीका स्थानियलाई सुरक्षित रहन प्रशासनको आग्रह

0

चितवन । नारायणी नदिले कटान गरेपछि चितवन मेघौलीका स्थानियलाई सुरक्षित रहन जिल्ला प्रशासनले सवैलाई अनुरोध गरेको छ ।

नारायणी नदिले भरतपुर महानगरपालिका वडा नम्बर २८ को साविक मेघौली १,२ र ३ मा कटान गरेपछि जिल्ला प्रशासन चितवनले एक सुचना नै जारी गरि सुरक्षित रहन आग्रह गरेको हो ।

प्रशासकिय अधिकृत रामचन्द्र ढकालले मेघौली क्षेत्रको सालबास, सिसाबास पर्सा बजार, लौखरी, गोलाघाट अनौली आसपासका वस्तिहरुमा बाढी पस्ने सम्भावना देखिएकाले प्रभावित क्षेत्रका वासिन्दाहरुलाई सुरक्षित स्थानमा रहन अनुरोध गर्नुभएको हो ।

नारायणी नदीमा पानीको सतह वढेपछि नदी आसपासका बासीन्दा त्रसित बनेका छन् ।

Share.

Leave A Reply