नारायणी किनारमा अध्यात्मिक प्रवचन

0


गैँडाकोट, १० पौष । गैँडाकोट १ को नारायणी नदि किनारमा जीवनपयोगी, सारगर्भित र दिव्य आध्यात्मिक प्रवचन सम्पन्न भएको छ । बराह भगवानको असिम कृपाद्धारा अभिप्रेरितभई पौडेल सेवा समाज गैँडाकोटले सोमबार एक दिने सत्सगं कार्यक्रमको आयोजना गरेको हो । बराहधाम बराह पञ्चागं मन्दिरको प्रागंणमा भएको कार्यक्रमका प्रमुख अतिथि तथा प्रमुख वाचक हरिहर सन्यास आश्रमका पीठाधिश तथा नेपाल सन्त समाजका अध्यक्ष श्री १००८ स्वामी ज्ञानानन्द सरस्वती रहनुभएको थियो । यस्तै कार्यक्रममा अद्धेत वेदान्त कुटिलका पीठाधिश श्री १००८ स्वामी कृष्णानन्द सरस्वती, महेश सन्यास आश्रमका पिठाधिश श्री १००८ स्वामी रमणानन्द महाराज र १००८ स्वामी तुरियानन्द गिरीजी महाराजले प्रवचन गर्नुभएको थियो ।
कार्यक्रममा नवलपुर निर्वाचन क्षेत्र नं. १ प्रदेश १ का सभासद कृष्णचन्द्र नेपाली पोखरेलले आध्यात्मिक जागरणको अभियानमा यस्ता आध्यात्मिक प्रवचनले सहयोग पुग्ने बताउनुभयो ।


आध्यात्मिक दिव्य प्रवचन कार्यक्रमको अध्यक्षता गर्नुभएका गैँडाकोट नगरापालिकाका प्रमुख छत्रराज पौडेलले प्रवचन कार्यक्रमले गैँडाकोटको धार्मिक पर्यटनलाई पश्रय दिएको बताउनुभयो । नगरप्रमुख पौडेलले प्रवचन स्थलमा निर्माणाधिन रहेको सामुदायिक सत्संग भवन र क्रियापुत्री भवनको निर्माणमा आफ्नो तर्फबाट भरपुर सहयोग रहने बताउनुभएको छ । गैँडाकोट नगरीलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न आफू योजना गत रुपमा अघि बढिरहेको समेत नगरप्रमुख पौडेलले बताउनुभयो ।


गुरुवरहरुको प्रवचनले पञ्चागं मन्दिरको प्रागंणमा निर्माणधिन सत्सगं भवन र कृष्णगण्डकीको तटलाई उजागर गरेको मूल समारोह समितिका संयोजक पुरुषोत्तम पौडेलले बताउनुभयो । कार्यक्रममा आयोजक पौडेल सेवा समाजका अध्यक्ष दण्डपाणि पौडेलले स्वागत मन्तव्य राख्नुभएको थियो कार्यक्रमको सहजीकरण संस्थाका सचिव जगन्नाथ उपाध्यायले गर्नुभएको थियो ।

Share.

Leave A Reply