नारायणगढ मुग्लीन सडकखण्ड, प्रधानमन्त्रीको अनुगमनः आजीत स्थानीय काम हुनेमा विस्वास गर्दैनन् ।

0

लक्ष्मी पौडेल/पुस्कर अधिकारी
गैँडाकोट १९ साउन ।

प्रधानमन्त्री शेरबहादुर देउवाले विस्तारको काम भैरहेको नारायणगढ मुग्लीन सडकखण्डको अवलोकन गर्नुभएको छ । भौतीक पुर्वाधार मन्त्री मन्त्री विरवहादुर बलाएर सचिव देवेन्द्र कार्की पुर्व रक्षामन्त्री बालकृष्ण खाँड लगायतको टोली सहित अवलोकनमा निस्कनुभएका उहाँले सडकको काम कुनै पनि हालतमा नरोक्न निर्देशन दिनुभएको छ ।

हेलीकप्टर चढेर बुधबार बिहान चितवन आईपुग्नुभएका प्रधानमन्त्री शेरबहादुर देउवा नारायणगढ मुग्लीन सडक खण्डको अवस्था बुझ्न त्यसतर्फ लाग्नुभयो ।

 

दासढुंगा सम्म पुगेर वहाँले आयोजनाका ईन्जीनियर ठेकेदार लगायतसंग छलफल गरेर काम छिटो अगाडी बढाउन निर्देशन दिनुभयो ।


प्रधानमन्त्री देउवासंगै अनुगमनका पुगेको मन्त्री र सचिवसहितको टोलीले पनी अब काममा ढिलाई भए कारबाही हुने सम्म को चेतावनी दिएको छ । भौतीक योजना तथा यातायात मन्त्री विरबहादुर बलाएरले तत्काल काम अगाडी बढाउन र कुनै पनि हालतमा काम नरोक्न कडा निर्देशन दिएको बताउनुभयो । उहाँले कुनै पनि बहानामा काम रोके कारबाही हुने र ठेक्का समेत खोसिने बताउनुभयो ।
प्रधानमन्त्री देउवा दासढुंगाको प्रेसिडेन्सी रिसोर्टमा छलफलपछि घुमाउने नजीकै सेती दोभान सम्म पुगेर अनुगन गर्नुभएको थियो । अनुगमनमा उहाँले यो सडकखण्ड लाईभलाईन भएको भन्दै कुनै पनि काममा ढिलासुस्ती नगर्न आदेश दिनुभयो ।


यता गएका तिनबर्षदेखी अलीअली बनेको सडक बनी भत्काएर काम थालीएको यो सडकखण्डका बासिन्दाले भने प्रधानमन्त्री मन्त्री सहितको अनुगमन फुस्रो आश्वासन मात्रै भएको बताउछन् । स्थानीय राजकुमार अधिकारीले प्रधानमन्त्रीको अनुगमन फुस्रो आश्वासन भएको बताउनुभयो ।
पटक पटक विभिन्न तह र तप्काबाट अनुगमन हुने र अनुगमनका नाममा झनै सास्ती भोग्नुपरेको अनुभव यि स्थानीयसंग छ । बुधबार पनि त्यस्तै भयो । प्रधानमन्त्री आउने भनीएपछी बुधबार पनि रातारात हिलो सडकमा माटो ल्याएर खन्याईएको स्थानीय राम गिरिले बताउनुभयो ।


निमार्ण सुरु भएपछी निर्धारीत समयमा काम नसकेर तेस्रो पटक समयावधी थप गरीएको यो सडकखण्डमा २०७१ चैतदेखि हालसम्म भएको दुर्घटनामा ७२ जनाको मृत्यु भएको छ भने एक सय ७९ जना घाइते भएका छन् ।

Share.

Leave A Reply