नारायणगढ–मुग्लिन सडक खण्ड राती ६ घण्टा बन्द हुने

0

चितवन । चितवनको नारायणगढ–मुग्लिन सडक मंगलबारदेखि रातको समयमा बन्द हुने भएको छ ।

सडक निर्माण कार्यलाई तिब्रता दिन राती १० बजेदेखि विहान ४ बजेसम्म सडकमा आवागमन बन्द हुने जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक सन्तोष पन्तले जानकारी दिनुभयो ।

काठमाण्डौबाट छुट्ने रात्री बसहरु राती १० बजे भित्र मुग्लिन बजार पार गरि सक्नुपर्ने हुन्छ भने पूर्व तथा पश्चिम तर्फबाट काठमाण्डौ पोखरा जाने बसहरु विहान ३ बजे रामनगर पार गरि सक्नुपर्ने प्रहरीले जनाएको छ । यसैगरि काठमाण्डौबाट नारायणगढ तर्फ आउने मालबाहक सवारीहरु भने राती ९ बजे नै लेवाटर पार गरि सक्नु पर्ने र सो पछि आउने मालवाहक सवारी लेवाटार ईलाकामा एकलाईनमा विहान ४ बजे सम्म बस्नुपर्ने हुन्छ ।

 

त्यस्तै पूर्व वा पश्चिमबाट मुग्लिन तर्फ जाने मालबाहक सवारीहरु राती ९ बजे नै रामनगरको भतेरी जंगल ईलाका पार गरि सक्नुपर्ने र सो पछि आउने मालवाहक सवारी भतेरी जंगल ईलाकामा एकलाईनमा विहान ४ बजे सम्म बस्ने व्यस्था मिलाईएको प्रहरीले जनाएको छ । प्रहरीले सवारी रोकिने स्थानहरु रामनगर–भतेरी ईलाका, दासढुङ्गा ईलाका, मुग्लिन बजार ईलाका र लेवाटार ईलाकामा एक लाईनमा मात्र सवारी रोक्न आग्रह गरेको छ ।

राती १० बजेदेखि विहान ४ बजेसम्म नारायणगढ–मुग्लिन सडक खण्डमा सुरक्षाको दृष्टिकोणले कुनै पनि सवारी छोड्न नसकिने भएकाले आफ्नो यात्राको व्यवस्थापन गर्न आग्रह समेत गरेको छ ।

Share.

Leave A Reply