नारायणगढ–मुग्लिन सडक खण्ड खुल्यो

0

फाईल तस्विर

चितवन, असार ११

पहिरोको कारण अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडकखण्ड संचालनमा आएको छ ।

दिउँसो १२ बजे सडक खण्डको चार किलो भन्ने स्थानमा ठूलो पहिरो खसेपछि पुनः सडक पूर्ण रुपमा अवरुद्ध भएको थियो । पहिरो पन्छ्याएर अहिले बाटो दुई तर्फ संचालनमा आएको चितवन प्रहरीले जनाएको छ ।
सो क्षेत्रमा विहानैदेखि ढुंगाहरु झरिरहेकोले बाटो अवरुद्ध भएको थियो ।

सो सडक खण्डमा विहान तीन ठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो । लगातार पहिरो खस्न थालेपछि यातायात संचालनमा समस्या भएको छ । लगातार पहिरो खसेका कारण सो सडक खण्ड भएर यात्रुहरुले सास्ती भोग्नु परेको छ । सडक विस्तारका क्रममा रहेकाले यो सडकखण्डको भुइँ कालोपत्रे भएको भए पनि समय समयमा खस्ने पहिरोका कारण सडक जोखिम पूर्ण रहेको छ ।

Share.

Leave A Reply