नवलपुर महोत्सवको आज चौथो दिन/ जीवन शर्माको विशेष प्रस्तुती रहने

0

डोलराज रानाभाट,गैडाकोट, २० माघ ।

नवलपुर उद्योग वाणिज्य संघको आयोजनामा कावासोतीमा विहिबारदेखि शुरु भएको पाँचौ नवलपुर महोत्सवको आज चौथो दिनपनि विविध सांस्कृति तथा खेलकुद कार्यक्रम जारी रहने अध्यक्ष डासुराज पोखरेलले जानकारी दिनुभयो ।

आज लोक गायक जीवन शर्मा, पूर्णकला विसि, राजन गुरुङ लगायतका कलाकारहरु आउने र हिजोबाट सुरु भएको नवलपुर आइडल र लोक दोहोरी प्रतियोगिताका वाँकी कार्यक्रमपनि जारी रहनेछ । यस्तै हिजो उद्घाटन भएको जिल्ला भलिविल प्रतियोगिताका खेलहरु आज पनि हुनेछ ।

हिजो तेस्रो दिन दर्शकहरुको भीड बढेको छ । अघिल्ला दिनकोे तुलनामा हिजो दर्शकहरुको भीड अत्याधिक बढेको नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष डासुराज पोखरेलले दावी गर्नुभयो ।

कृषि, स्थानीय उत्पादन, पर्यटनको विकासलाई जोड दिँदै हरेक वर्ष संघले महोत्सव आयोजना गर्दै आएको छ । महोत्सवमा २ सय ८० भन्दा बढी स्टलहरुमा कृषि तथा हस्तकला प्रर्दशनी, बाल उद्यान, सूचना प्रविधी, अटो मोबाईल्स प्रदर्शनी प्रमुख आकर्षणका रुपमा रहेका छन् । माघ २७ गतेसम्म चल्ने महोत्सवमा करिब ७ करोड रुपैयाँको आर्थिक कारोबार हुनुका साथै ३ लाख ५० हजार बढी दर्शकहरुले महोत्सवको प्रत्यक्ष अवलोकन गर्ने आयोजकको अपेक्षा छ ।

Share.

Leave A Reply