नवलपुर जिल्ला लिग फुटवलमा योङ्गस्टार विजयी

0


असार ११ गैडाकोट । गैडाकोटमा जारी नवलपुर जिल्ला लिग फुटवल प्रतियोगिताको आजको खेलमा योङ्ग स्टार क्लव कावासोती विजयी भएको छ । मातृभूमि युवा क्वल शिवमन्दिरलाई उसले ३ का विरुद्ध ५ गोलले विजयी भएको हो ।  १२ क्लव सहभागी खेलमा प्रथम हुनेले  प्रदेश स्तरीय लिगमा खेल्न पाउने जिल्ला फुटवल संघ नवलपुरका महासचिव लक्ष्मण कार्कीले जानकारी दिनुभयो । नवलपुर जिल्ला फुटवल संघ र गैडाकोट खेलकुद समितिको आयोजनामा सुरु भएको लिग असार १७ गते सकिनेछ । प्रतियोगितामा प्रथम हुनेले ६० हजार नगद सहित शिल्ड, प्रमाणपत्र, द्धितीय हुनेले ४० हजार नगद र तृतीय तथा सान्त्वना हुनेले २० हजारका दरले पुरस्कार प्रदान गरिने बताइएको छ ।

Share.

Leave A Reply