नवलपुर जिल्लामा दुईदिन विद्युत सेवा अवरुद्ध हुने

0

प्रेम क्षेत्री
जेठ ३ गैंडाकोट । नवलपुर जिल्लामा दुईदिन विद्युत सेवा अवरुद्ध हुने भएको छ ।
बुटवल ग्रिड महाशाखा बुटवल अन्र्तगत प्रगतिनगर सवस्टेशनमा जडित ट्रान्सफर्मर बदली गर्नका लागि २ दिन विद्युत सेवा अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण कावासोती वितरण केन्द्रले जनाएको छ ।
केन्द्रले एक सुचना जारी गरि प्रगतिनगर सवस्टेशनमा जडित १३२÷३३ केभी, १५ एम.भि.ए. पावर ट्रान्सफर्मरको ठाउँमा ३० एम.भि.ए. पावर ट्रान्सफर्मर बदली गर्न लागिएको जनाएको छ । सो कार्यका लागि जेठ ४ गते बिहान ५ बजेदेखी जेठ ५ गते राती १० बजेसम्म प्रगतिनगर सवस्टेशनबाट विद्युत आपुर्ती अवरुद्ध हुने जनाएको छ ।
सो अवधिभर सम्भव भएसम्म बर्दघाट सवस्टेशन र भरतपुर सवस्टेशनबाट आंशिक रुपले ग्राहस्थ वर्गका उपभोक्ताहरुलाई विद्युत आपुर्ती गर्न प्रयास भईरहेको पनि नेपाल विद्युत प्राधिकरण कावासोती वितरण केन्द्रले जनाएको छ ।

साथै समयमा नै कार्य सम्पन्न भए अगावै विद्युत आपुर्ती हुने पनि जनाएको छ ।

Share.

Leave A Reply