नवलपुर चितवनमा श्रीमद भागवत गिता धर्मग्रन्थ बितरण

0

गैँडाकोट, १० बैशाख । हिन्दु जागरण नेपाल गैडाकोटको आयोजनामा धर्मप्रति आस्था र उत्प्रेरणा जगाउने उद्देश्यले नवलपुर चितवनमा श्रीमद भागवत गिता धर्मग्रन्थ नि शुल्क बितरण गरिएको छ । आजसम्म गैडाकोट र नवलपुरमा ३ हजार श्रीमद भागवत गिता धर्मग्रन्थका प्रति वितरण गरिसकिएको हिन्दु जागरण नेपाल नवलपुरका अध्यक्ष ज्योतिष पण्डित बिष्णुराज सिग्देलले जानकारी दिनुभएको छ । उहाले अहिले धर्मको महत्व हराउदै गएको र पश्चिमा धर्मको प्रभाव बढदै गएकोमा साङकेतिक बिरोध स्वरुप श्रीमद भागवत गिता धर्मग्रन्थ बितरण गरिएको बताउनुभयो । एक महिना अघिदेखी संचालन गरिएको अभियानमा १० हजार ८ श्रीमद भागवत गिता धर्मग्रन्थ बितरण गरिने योजना रहेको सिग्देलले उल्लेख गर्नुभएको छ । चितवन कालीका मन्दिर , रामेश्वर मन्दिर नारायणगढ ,गोपेश्वर मन्दिर गैडाकोट । राधाकृष्ण मन्दिर गैडाकोट लगायतका स्थानमा वितरण गरिएको हो साथै बिद्यालयमा बितरण गरिने अभियान स्वरुप गैडाकोटमा रहेको कन्टिनेन्टल बोडिङ स्कुल र भरतपुरको अरोमा साइृन्स कलेजमा बितरण गरिएको हो ।

Share.

Leave A Reply