असोज २५ । गैँडाकोट । नेपाली काँग्रेस नवलपुर १ बाट संघमा डा. शशांक कोईराला उठ्ने करिब निश्चित भएको छ ।आकांक्षी धेरै भएपनि पार्टीका महामन्त्री रहेका कोईरालाले पुन चुनाब लड्ने ईच्छा देखाएकाले कोईरालाको सम्भाबना बलियो भएको हो । कोईरालालाई सबैले स्वीकार गरेपनि क्षेत्रिय समितिले भने कोईरालासहित प्रत्यक्षमा ३ जनाको नाम सिफारिस गरेको छ । सिफारिस हुनेमा कोईराला सहित महेन्द्रध्वज जिसी र कमला तिवारी रहेका छन् । क्षेत्र नं १को संघको प्रत्यक्ष, समानुपातिक र प्रदेशतर्फ क र ख को प्रत्यक्ष र समानुपातिकमा गरि ६ जना उम्मेद्धार चाहिनेमा काँग्रेसले करिब ११ गुणा बढि ६४ जनाको नाम सिफारिस गरेको छ । नगरबाट सिफारिस भएका, आकांक्षा राख्ने, जिल्लामा आवेदन दिएका सवैलाई मिलाउन हम्मे हम्मे परेपछि ६४ जनाको नाम सिफारिस गरिएको क्षेत्रीय सभापती द्रोण बनले जानकारी दिनुभयो । संघको समानुपातिकतर्फ भने ५ जनाको नाम सिफारिस गरिएको छ । जसमा कृष्णचन्द्र नेपाली, कर्नेल धनबहादुर मास्के राना, मदनभक्त अधिकारी, मोहनवहादुर परियार र शारदा ढकाल रहनुभएको छ । क्षेत्र नं १ क अन्तरगत प्रदेशसभाकालागि प्रत्यक्षतर्फ ८ जनाको नाम सिफारिस गरिएको छ । सिफारिस हुनेमा ओमप्रसाद सापकोटा, सत्यनारायण खनाल, द्रोण बन सन्यासी, कमल पराजुली, हरिराज गौतम, करुणासागर सुवेदी, गोकुल सापकोटा  र तुलसी गौतम रहेका छन् । क कै समानुपातिकतर्फ गजेन्द्र आले, तिलकप्रसाद सापकोटा, हरिराज गौतम, पुष्पराज पौडेल, विष्णुप्रसाद कँडेल, अमृत भट्टचन, बालकृष्ण बकावल, अमृत श्रेष्ठ, संगीता घिमिरे, प्रेमबहादुर विक, शान्ति न्यौपानेगरि १० जनाको नाम सिफारिस गरिएको छ । क्षेत्र नं १ ख प्रदेशको प्रत्यक्षतर्फ १९ जना र समानुपातिकमा १९ जनाको नाम सिफारिस गरिएको छ । प्रत्यक्षतर्फ सिफारिस हुनेमा भानु सिग्देल, हेमराज कोईराला, कपिलदेब भुषाल, झपेन्द्रश्वर भुषाल, ओमकला गौतम, विष्णु पाण्डे, महेन्द्र पोखरेल, अशोक वस्ताकोटी, डिल्लीराम कडरिया, अशोक केसि, डा. मोहनीलाल भुषाल, धर्मराज बस्याल, एकनारायण अधिकारी, श्यामप्रसाद श्रेष्ठ, गीता कोईराला, रेणु बस्ताकोटी, सरस्वति तिमिल्सिना, उदयराज अधिकारी, वालकृष्ण घिमिरे रहनुभएको छ । समानुपातिक तर्फ सिफारिस हुनेमा राजेन्द्र पराजुली, श्याम श्रेष्ठ, बेलौती खनाल, लक्ष्मी बस्ताकोटी, जमुना सुनुवार, निर्मला कँडेल, सिता कुवर, चेतनारायण चौधरी, कृष्णप्रसाद लामिछाने, होमबहादुर मल्ल, पुर्ण सिंह खण्डुलुक, जयबहादुर विरकट्टा, शान्ति तिवारी, डिलमाया राना, सन्तमाया परियार, रामचन्द्र भट्राई, प्रेमबहादुर विक, अमर बहादुर विक र अमृता सिग्देल रहनुभएको नेपाली काँग्रेस क्षेत्र नं १ का सचिब विष्णुप्रसाद कँडेलले जानकारी दिनुभयो । क्षेत्रले नगरसमितिवाट आएका र आकांक्षा राखेकाहरुका नामहरुको मुल्याकंन गरि जिल्लालाई पठाएको क्षेत्रिय सभापति द्रोण बनले जानकारी दिनुभयो । जिल्लाले क्षेत्रवाट आएका सवै नामलाई केन्द्रमा पठाएको जिल्ला सभापति विष्णु लामिछानेले जानकारी दिनुभयो ।

Share.

Leave A Reply