नवलपुरलाई नमूना जिल्ला बनाउन सचिवालय स्थापना, कार्यादेश तयार, गौरवका योजनाहरु पहिचान गरि डिपिआर तयार गर्ने

0

प्रेम क्षेत्री
फागुन ८, गैंडाकोट । नमूना नवलपुर जिल्ला विकास योजना परिकल्पना दस्तावेज २०७५ को कार्यान्वयनमा सहजिकरण गर्न एक जिल्ला सचिवालयको स्थापना गर्ने निर्णय गर्दै सचिवालय गठन गरिएको छ ।
जिल्ला समन्वय समिति प्रमुखको संयोजकत्वमा सचिवालय गठन गरिएको हो । सदस्यहरुमा सामाजिक संघ संस्था (चौधरी फउण्डेशन र सहमती) बाट १ जना प्रतिनिधी, निजि क्षेत्र (उद्योग बाणिज्य महासंघ र उद्योग संघ) बाट १ जना प्रतिनिधी, जिल्ला पुर्वाधार विकास कार्यालयका प्रतिनिधी र सदस्य सचिवमा जिल्ला समन्वय अधिकारी रहने व्यवस्था गरिएको छ । सचिवालय जिल्ला समन्वय समिति रहने छ ।


जिल्ला समन्वय समिति नवलपरासी (वर्दघाट सुस्ता पुर्व) को आयोजनामा सहमती संस्था गैंडाकोट ५ मा बसेको प्रथम विकास साझेदार समूहको वैठकले सचिवालय सञ्चालन सम्वन्धि कार्यादेश तयार समेत गरेको छ । बैठकले जिल्ला गौरवका योजना, नगर एवं पालिकाको गौरवका योजनाहरु पहिचान, छनोट एवं डिपिआर तयार गर्ने निर्णय गरेको छ । त्यस्तै नमूना नवलपुर जिल्ला विकास योजना परिकल्पना दस्तावेज २०७५ लाई नवलपुर विकास योजनाको आधारपत्र मान्ने निर्णय गरेको योजना तर्जुमा कार्यदलका टिम लिडर करुणासागर सुवेदीले जानकारी दिनुभयो ।
नवलपुर लगानि सम्मेलनको अयोजना गरि लगानी मैत्री वातावरण सृजना गर्ने, विकास साझेदार समुहको वैठक वर्षमा कम्तिमा २ पटक बस्ने, विकास साझेदार समूहको कार्यलाई सहयोग पु¥याउन सचिवालय मार्फत विषयगत समितिहरु बनाउने लगायतका निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।
कार्यक्रममा प्रतिनिधीसभा सदस्यहरु डा. शसांक कोईराला, तिलक महत, प्रदेशसभा सदस्यहरु कृष्णचन्द्र नेपाली, रोशनबहादुर गाहा, ओमकला गौतम, लक्ष्मी सुनार लगायतले सुझावहरु पेश गर्दै यो दस्तावेजले नवलपुर जिल्लालाई नमुना बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।


जिल्ला समन्वय समिति नवलपरासी (वर्दघाट सुस्ता पुर्व) का प्रमुख चेसराम आलेको अध्यक्षतामा भएको कार्यक्रममा गैंडाकोट नगर प्रमुख छत्रराज पौडेल, देवचुली नगर प्रमुख पुर्णकुमार श्रेष्ठ, कावासोती नगर प्रमुख चन्द्राकुमारी पुन, हुप्सेकोट गाउँपालिका प्रमुख लक्ष्मी पाण्डे, वौदीकाली गाउँपालिका प्रमुख दुर्गाबहादुर राना, जिल्ला समन्वय अधिकारी कृष्ण लम्साल, उद्योग वाणिज्य संघ नवलपुरका अध्यक्ष अमृत भट्टचन, उद्योग संघ नवलपुरका अध्यक्ष कृष्ण गौतम लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा चौधरी फाउण्डेशनका नारायण श्रेष्ठ, सुरेन्द्र अधिकारी, रामचन्द्र धिताल, सहमतीका अध्यक्ष होमनाथ सुवेदी, लक्ष्मी भट्टराई, रत्नप्रसाद सापकोटा, पत्रकार महासंघ गण्डकी प्रदेश उपाध्यक्ष नारायण शर्मा लगायतको उपस्थिती रहेको थियो ।

Share.

Leave A Reply