नवलपुरलाई छुट्टै जिल्ला घोषणा गर्न माग, क्षेत्र सानो र जनसंख्या थोरै भएकाले तनहँुसंग मिलाउने भन्ने कुरा चल्यो, छुट्टै जिल्ला बनाउने प्रधानमन्त्रि देउवाको आश्वासन

0

गैंडाकोट, २४ – नवलपुर क्षेत्रलाई छुट्टै जिल्ला घोषणा गर्न र नवलपुर जिल्ला समन्वय समिती निर्माण गर्न माग गर्नका लागि शनिवार नवलपुर क्षेत्रका सासंद र जिल्ला नेताको टोलीले वालुवाटारमा प्रधानमन्त्री शेर वहादुर देउवालाई भेटेर ध्यानाकर्षण गराएको छ ।

टोलीमा संगै रहेका नवलपरासी क्षेत्र नम्बर २ का सासंद जिवन श्रेष्ठका अनुसार भेटमा प्रधानमन्त्रि देउवाले सकारात्मक जवाफ दिएका छन । नवलपुर क्षेत्र सानो र जनसंख्या थोरै भएकाले तनहँुसंग मिलाउने भन्ने कुरा चलेको प्रधानमन्त्रीले भेटका क्रममा आफुहरुलाई बताएको श्रेष्ठले जानकारी दिनुभयो ।

टोलीले नवलपुर क्षेत्रको वारेमा सबै जानकारी गराएपछि प्रधानमन्त्री देउवाले नवलपुरलाई छुट्टै जिल्ला घोषणा गर्नका लागि आफुले पहल गर्ने आश्वासन दिएको श्रेष्ठले जानकारी दिनुभयो ।

नवलपुर क्षेत्र भुगोलमा पनि ठूलो र जनसंख्या पनि धेरै रहेको, तनहँुमा मिलाएमा नवलपुरका जनतालाई असहजता हुने लगायतका कुराहरु आफुहरुले राखेपछि प्रधानमन्त्रीले आफुलाई यस वारेमा थाहा नभएको बताउदै अब छुट्टै जिल्ला बनाउनकालागि पहल गर्ने बताएको श्रेष्ठले बताउनुभयो ।
दुई प्रदेशमा विभाजन भएको नवलपरासी जिल्लामा थप एउटा जिल्ला समन्वय समिति स्थापना गर्नुपर्ने नवलपरासीका राजनीतिक दलहरुले माग गरेका छन् ।

नवलपरासीको नवलपुर क्षेत्रका जनप्रतिधि तथा राजनीतिक दलहरुले नवलपुरलाई छुट्टै जिल्ला घोषणा गरेर नवलपुर जिल्ला समन्वय समिति बनाउनका लागि सरकारको ध्यानाकर्षण गराएका हुन । नवलपुर क्षेत्रका ८ वटै स्थानीय तह ४ नगरपालिका ४ गाउँपालिकाका जननिर्वाचित प्रतिनिधि र प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका जिल्ला संयोजकको संयुक्त बैठकले नवलपुरलाई छुट्टै जिल्ला घोषणा गर्न सरकारसँग माग गरेको हो ।

नवलपुर क्षेत्रलाई छुट्टै जिल्ला बनाउने मागका साथ नवलपुर क्षेत्रका सांसद तथा राजनीतिक दलका प्रमुख वालुवाटार पुगेका थिए । नवलपुर क्षेत्रका क्षेत्र नं. १ का संसद तथा नेपाली कांग्रेसका महामन्त्रि डा. शसाक कोइराला, क्षेत्र नं. २ का सांसद जीवन श्रेष्ठ, क्षेत्र नं. ३ का संसद कृष्ण पौडेल सहित नेपाली कांग्रेसका नवलपरासीका सभापति विष्णु लामिछाने, नेकपा एमाले नवलपुर जिल्लाका अध्यक्ष रोशन वहादुर गाहा, नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवं जिल्ला इन्चार्ज किशान शर्मा लगायतको टोलि बालुवाटार पुगेको हो ।

यसअघि मंगलवार कावासोती नगरपालिकाको सभाहलमा वसेको वैठकले यस क्षेत्रका प्रमुख दलका प्रतिनिधी जनप्रतिनिधी लगाएत निर्वा्िचत प्रतिनिधीको उपस्तिथीमा बैठक बसि डेलिगेशनका साथ केन्द्र जाने निर्णय गरेका थिए ।

२०७२ असोज ३ गते जारी भएको संविधानले नवलपरासि जिल्लालाई बर्दघाट त्रिवेणी देखि पुर्व नवलपुर र बर्दघाट पश्चिमको क्षेत्रलाई परासि गरि दुई भागमा विभाजन गरेको थियो । जस अन्तर्गत प्रदेश नम्बर ४ र ५ गरि दुई चरणमा दुवै प्रदेशको निर्वाचन समेत सम्पन्न भैसकेको छ ।

Share.

Leave A Reply