नवलपुरमा ६१ जनाको मनोनयन दर्ता (तस्विरमा मनोनयन दर्ताको उल्लास)

0

नवलपरासी, कार्तिक १७ ।

नवलपरासीको बर्दघाट सुस्ता पूर्ब का दुई निर्बाचन क्षेत्रमा रहेको चार प्रदेश समेत गरि जम्मा ६१ जनाले उम्मेदवारी दर्ता गरेका छन् । निर्बाचन क्षेत्र नं १ मा नेपाली काग्रेंसका महामन्त्री डा. शसाकं कोइरालाले उम्मेदवारी दर्ता गर्नुभएको छ । यसै गरि एमालेका केन्द्रीय सदस्य तिलक महतले पनि निर्बाचन क्षेत्र २ बाट मनोनयन दर्ता गर्नुभएको छ । संघीय प्रतिनिधिसभाका लागि क्षेत्र नं १ बाट ९ जना ,दुई बाट ११ जना ले उम्मेदवारी दर्ता गरेको निर्बाचन कार्यालयले जनाएको छ ।


यसै गरि क्षेत्र नं १ को प्रदेश क मा ११ जना, ख बाट १० जना,क्षेत्र नं २ को क बाट १० जना र ख बाट १० जना गरि ६१ जनाले मनोनयन दर्ता गरेका मुख्य निर्बाचन अधिकृतको कार्यालयले जनाएको छ । क्षेत्र नं २ मा संघीय प्रतिनिधिसभामा तीन जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । नवलपरासीमा शान्तीपुर्ण वातावरणमा उम्मेदवारहरु हार्साेउल्लासका साथ प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागिमनोनय दर्ता भएको थियो । सम्वन्धीत क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय मार्फत विभिन्न दलका उम्मेदवार र स्वतन्त्र उम्मेदवारहरुले मनोनयन पत्र दर्ता गराएका हुन् ।

जिल्लामा बाम गठबन्धनबाट कसैको बागी उम्मेदवारी नपरेको जनाईएको छ । नवलपरासी जिल्ला दुई जिल्लामा टुक्रिएपछि नवलपरासी बर्दघाट–सुस्ता पूर्व र र पश्चिम क्षेत्रमा प्रतिनिधि सभाका लागी चार वटा निर्वाचन क्षेत्र रहेका छन् भने प्रदेश सभाकालागी ८ निर्वाचन क्षेत्र रहेका छन् । नवलपरासीका दुई जिल्लामा आशन्न प्रदेशसभा र प्रतिनिधि सभाका लागी कुल ४ लाख २९ हजार ८ सय ९४ जना मतदाता रहेका छन् ।

Share.

Leave A Reply