नवलपुरमा विद्युत सेवा अवरुद्ध, बुटवलबाट आएको प्राविधिक टोलीले चेकजाँच गर्दै, गैंडाकोटमा पनि चेकजाँच चल्दै

0

गैंडाकोट । नवलपरासी वर्दघाट सुस्ता पूर्व जिल्लाका अधिकांश क्षेत्रमा विद्युत सेवा अवरुद्ध भएको छ ।
बिहान परेको पानीसँगै आएको चट्याङका कारण नवलपुरका प्रायः सवैजसो स्थानमा विद्युत सेवा अवरुद्ध भएको छ । नवलपुरको प्रगतिनगर सव स्टेशनमा रहेको ट्रान्सफर्मरमा चट्याङले क्षती पुगेपछि नवलपुरका सबैजसो ठाउमा विद्युत सेवा अवरुद्ध भएको हो ।
चट्याङले ट्रान्सफर्मरमा क्षति पुगेपछि नवलपुरका गैंडाकोट, देवचुली, कावासोती, चोरमारालगायतका स्थानमा विद्युत सेवा अवरुद्ध भएको छ । आज दिनभर जसो विद्युत सेवा अवरुद्ध हुन सक्ने जनाईएको छ ।

बुटवलबाट आएको प्राविधिक टोलीले चेकजाँच गर्दै

ट्रान्सफर्मर मर्मतका लागि अहिले बुटवलबाट प्राविधिक टोली बोलाइएको छ । टोलीले चेकजाँच गर्दै छ ।
बुटवलबाट आएको प्राविधिक टोलीले हेरेपछि क्षतिबारे एकिन विवरण आउने छ । प्रगतीनगरमा रहेको ट्रान्सफर्मर खोल्न नमिल्ने भएकाले सम्भवत आज दिनभर नवलपुरमा विद्युत सेवा अवरुद्ध हुने जनाईएको छ । यदी सो ट्रान्सफर्मरमा ठूलै समस्या आएको भए विद्युत सेवा कहिलेबाट सुचारु हुन्छ भनेर यसै भन्न नसकिने जनाइएको छ ।
गैंडाकोटमा चेकजाँच चल्दै
नवलपुरको प्रगतिनगर सव स्टेशनमा रहेको ट्रान्सफर्मरमा चट्याङले क्षती पुगेपछि गैंडाकोटका विद्युत सेवा अवरुद्ध भएको छ ।
कालिका चोकमा रुख ढलेर तारमा अड्किएको थियो । सो अहिले हटाईएको छ । नेपाल विद्युत प्राधिकरण गैंडाकोट प्रशाखा प्रमुख सुजन रिजालका अनुसार गैंडाकोटको मौलाकालिका, केलादी क्षेत्रमा चेकजाँच चल्दै छ । गैंडाकोटका अन्य स्थानमा प्रत्यक्ष आखाँले देखिने स्थानमा त्यति ठुलो क्षति भने छैन । सवै क्षेत्रमा अहिले चेकजाँच चलिरहेको छ ।
प्रगतिनगर सव स्टेशनमा रहेको ट्रान्सफर्मर मर्मत पछि पनि चेकजाँच कार्य जारी रहने भएकाले चट्याङले पु¥याएको क्षतिबारे अहिल्यै यसै भन्न सकिने अवस्थामा नरहेको उहाँले बताउनुभयो । यद्यपी विद्युत सुचारु गर्ने कार्यमा लागिरहेको उहाँले बताउनुभयो ।
नवलपुरको अरुणखोला र दुम्किवासमा भने विद्युत सेवा अवरुद्ध भएको छैन । सो ठाउमा बर्दघाट तर्फको लाईन रहेकाले यहाँ विद्युत सेवा अवरुद्ध छैन ।

Share.

Leave A Reply