नवलपुरमा राप्रपा प्रजातान्त्रिकका उम्मेदवार नेपाली काँग्रेसमा प्रवेश

0


गैँडाकोट । देवचुली क्षेत्रमा भएको एक चुनावी कार्यक्रममा राप्रपा प्रजातान्त्रिकका उम्मेदवार नेपाली काँग्रेसमा प्रवेश गर्नुभएको छ । पूर्वि नवलपरासी क्षेत्र नं. २ ख का राप्रपा प्रजातान्त्रिकका उम्मेदवार अर्जुनकुमार भूषाल नेपाली काँग्रेसमा प्रवेश गर्नुभएको हो । देवचुली १० को वडा सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा भूषाललाई नेपाली काँग्रेसका महामन्त्री तथा नवलपुर १ का प्रतिनिधि सभाका उम्मेदवार डा. शंशाक कोइरालाले पार्टी प्रवेश गराउनुभएको हो । भूषाल संगै मध्यविन्दु नगरपालिका नगरकमिटिका उपाध्यक्ष बाबुराम पोखरेल पनि काँग्रेसमा प्रवेश गर्नुभएको छ । भूषालले बाम गठबन्धन र लोकतन्त्रीक गठबन्धनको सैद्धान्तिक लँडाई भइरहेका बेला सिद्धान्तको साथ दिन र एकढिक्का भएर अघि बढ्न नेपाली काँग्रेसमा प्रवेश गरेको बताउनुभएको छ । कार्यक्रममा प्रदेश ख का उम्मेद्वार महेन्द्रध्वज जिशि विशिष्ट अतिथिको रुपमा रहनुभएको थियो । कार्यक्रम वडा अध्यक्ष केशरबहादुर आलेको अध्यक्षतामा भएको थियो ।

Share.

Leave A Reply