नवलपुरमा बाम गठबन्धन ; एमालेलाई फाइदा, माओवादीलाई हातलाग्यो शुन्य

0

नवलपुर । प्रदेश नम्बर ४ अन्गर्तत पर्ने बर्दघाट सुस्तापूर्व जिल्ला ( नवलपुर) मा नेपाली काँग्रेस र बाम गठबन्धनले ५०÷५० जित दर्ता गरेका छन् । नवलपुर निर्वाचन क्षेत्र नं. १ को प्रतिनिधि सभामा नेपाली काँग्रेसका महामन्त्री डा. शंशाक कोइरालाले जित्नुभएको छ भने नवलपुर निर्वाचन क्षेत्र नं. २ मा नेकपा एमालेका केन्द्रीय सदस्य तिलक महतले जित हासिल गर्नुभएको छ । यसैगरी नवलपुर १(१) मा नेपाली काँग्रेसका पुर्व केन्द्रीय सदस्य कृष्णचन्द्र नेपाली र २(१) मा नेपाली काँग्रेस जिल्ला सभापति विष्णु लामिछानेले जित्नुभएको छ । यसैगरी नवलपुर १(२) मा नेकपा एमालेका नवलपुर जिल्ला अध्यक्ष रोशनबहादुर गाहा मगरले जित हासिल गर्नुभएको छ भने नवलपुर २(२) मा नेकपा एमालेका जनकलाल श्रेष्ठले जित दर्ता गर्नुभएको छ । नवलपुर क्षेत्रमा बामगठबन्धनमा रहेका एमालेका नेता मात्रै विजयी भएका छन् भने माओवादी केन्द्रबाट उम्मेदवारी दिएका बामगठबन्धनका उम्मेदवार सबै पराजीत भएको देखिन्छ । अर्को तर्फ नेपाली काँग्रेसले जितेको स्थानमा माओवादी केन्द्रका उम्मेदवार संग प्रतिष्पर्धा रहेको थियो । जहाँ नेकपा एमालेको उम्मेदवारी रहेको छ त्यहाँ नेपाली काँग्रेसले विजय हासिल गर्न नसकेको देखिन्छ । नवलपुर क्षेत्र बामगठबन्धनमा रहेको माओवादी केन्द्रका लागि फलिफाप बन्न सकेन बरु बाम गठबन्धनमा आवद्ध भएर नेकपा एमालेलाई भने विजय हासील गर्न सहजता भएको देखिन्छ ।

Share.

Leave A Reply