नवलपुरमा दलहरुबाट आचारसंहिता उल्लंघन

0

 

सविता तिवारी

गैँडाकोट, १५ मंसिर । प्रतिनिधी र प्रदेश सभाको दोस्रो चरणको निर्वाचन आउन अब मात्र सात दिन बाँकी छ । यो समयमा दलहरुले आफ्ना चुनावी अभियानलाई आक्रामक बनाइरहेका छन् । चुनावी अभियानमा रहेका दलहरु निर्वाचन आयोगले निर्धारण गरेको आचारसंहितालाइ मतलब नै नगरी प्रचार प्रसारमा छन् । आचारसंहिता उल्लघंन गरेका दलहरुको गतिबिधीले मतदातालाई भने नैराश्यता मात्रै दिएको छ ।
नवलपुरको गैँडाकोटमा रहेको कालीका मावि को नजीकै नेपाली काँग्रेसले चुनाव चिन्ह अंकित ध्वजापताका तोरन बाँधेसरह बाँधेको छ । उता गैँडाकोट ८ को विजय निमाविको गेटैमा बाम गठबन्धनका झन्डा झुन्डीएका छन् । यो त उदाहरणमात्रै दलहरुले चुनावका बेला यस्ता थुप्रै आचारसंहिताको उलंघन गरेका छन् ।
बिहिबार मात्रै गैँडाकोट ५ को खेलमैदान नजिकै रहेको चौपारीमा टेबलमा नेपाली काँग्रेसको घोषणापत्र राखेर एक ब्यक्ती निशुल्क औषधी बितरण गरीरहेका थिए । उनलाई त्यहाँ केही सर्बसाधारणले किन यस्तो गरेको भनेर प्रतिप्रश्न गरे उनले बोल्न मानेनन् ।
निर्वांचन नजिकिदा दलहरुले गरेको आचारसंहिता उलंघनको मतदाताले भने विचार गरीरहेको स्थानीय सुर्य प्रसाद पराजुलीले बताउनुभयो ।
बिद्यालय नजिकै दलहरुले तोरन टाँगेझै टाँगेका झन्डाले मतदातालाई खुसी हैन झनै आक्रोस पैदा भएको गैँडाकोट ५ की कोपिला ढकालले बताउनुभयो ।
गैंडाकोट ८ का भक्तीरमण पराजुलीले भने सरकार आफैले आचारसंहिता उल्लघंन गरे पछि दलहरुले पनि नियम उल्लघंन गरेको हुन सक्ने प्रतिक्रिया दिए । सरकार आफु संयमित हुने हो भने आचारसंहिता उल्लंघन नहुने उहाँको भनाई छ ।
अर्का स्थानीय खिमानन्द पौडेलले भोट आफ्नो पक्षमा पार्न गरेका गतिबिधीले मत तान्न नसकिने बताउनुहुन्छ । मतदाता सचेत भैसकेका कारण पनि दलहरुले गरेका यस्ता गतिबिधीले झनै निराशा थपिएको छ ।
दलहरुले गरेका प्रचार प्रसार आचारसंहिता उलंघन भएका कुरा उजुरी गर्न पाईन्छ । निर्वाचन कार्यालयमा उजुरी गरे कारबाही वा स्पष्टीकरण पनि लिने व्यवस्था निर्वाचन आयोगले गरेको छ ।

Share.

Leave A Reply