नवलपुरमा डरलाग्दो दुर्घटनाको तथ्याङ्क वाहिरियो /फागुन अन्तिमसम्म ४९ जनाद्धारा आत्महत्या

0

डोलराज रानाभाट, ११ चैत्र । जिल्लामा चालु आर्थिक वर्षको फागुन अन्तिम सम्ममा ४९ जनाले झुण्डिएर आत्महत्या गरेको डरलाग्दो तथ्याङ्क सार्वजनिक भएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले सार्वजनिक गरेको तथ्याङ्क अनुसार झुण्डिएर आत्महत्या गर्नेमा ३३ जना पुरुष रहेका छन् । आत्महत्या सम्वन्धी ४९ वटा मुद्धा दर्ता भएकोमा ३१ वटा मुद्धाको फछर््योट हुन वाँकी रहेको छ ।

त्यस्तै जिल्लामा सवारी दुर्घटनामा परि सवैभन्दा वढि ६१ जनाको मृत्यु भएको छ । जवरजस्ती करणीमा १५ जना पक्राउ परेका छन् भने झुठो विवरण पेश गरि नागरिकता लिन खोज्ने ३ जना, शान्ति विरुद्धको अपराधमा ३३ जना, वहुविवाहको आरोपमा महिला पुरुष ६÷६ जना गरि १२ जना पक्राउ परेका छन् ।

Share.

Leave A Reply