नवलपुरमा केहि दिनमा यात्रुको सहजताका लागि यात्रु सहायता कक्षको स्थापना गरिने

0


गैँडाकोट, १२ असोज । नवलपुरमा केहि दिनमा यात्रुको सहजताका लागि यात्रु सहायता कक्षको स्थापना गरिने भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुर र ट्राफिक कार्यालय नवलपुरले संयुक्त रुपमा यात्रु सहायता कक्षमा सेवा दिने ट्राफिक कार्यालय नवलपुरका प्रमुख लक्ष्मणबहादुर शाहीले जानकारी दिनुभयो । नवलपुरका मुख्य स्टेशनमा चाडपर्वका बेला यात्रुको चाप बढ्ने भएकाले टिकट काउन्टरका कर्मचारीले एउटै सिटमा दुई तिन वटा टिकट काट्दिने, तोकिएको भन्दा बढी भाडा लिने, सिट क्षमताभन्दा बढी यात्रु राख्ने , यात्रुका सामान हराउने, लुटपाट हुने जस्ता घटना हुन सक्ने हुँदा यी घटना हुन नदिनका लागि प्रहरीको टोलीले यात्रुलाई सहयोग र सहजीकरण गर्ने काम गर्ने शाहिले बताउनुभयो ।

Share.

Leave A Reply