नवलपुरको विकासका लागी विवेकको मत दिन दिनुस् – बाम उम्मेदवार

0


नवलपुर । नवलपुर क्षेत्र नं. १ का प्रतिनिधि सभाका उम्मेदवार भविसोर पराजुलीले नवलपुरको विकासका लागी विवेकको मत दिन आग्रह गर्नुभएको छ । चुनावी प्रसार प्रचार अभियानका क्रममा विभिन्न क्षेत्रमा रहनुभएका उम्मेद्धार पराजुलीले पटक पटक नवलपुरलाई विकासको कामबाट बन्धक राख्न नहुने भन्दै बर्षौदेखीका अधुरो विकासलाई पुरा गर्न बाम गठबन्धनको जित आवश्यक रहेको बताउनुभयो । गैँडाकोट वडा नं ६ ७ मा घरदैलो र चुनावी सभा गर्दै बाम गठबन्धनका प्रदेशसभा उम्मेद्धार सुर्य न्यौपाने, नेता कृष्ण पौडेल, दुर्गाद्धत्त ढुंगाना, षडानन्द लगायतले नवलपुरबासीको सपना समृद्ध जिल्ला बनाउने रहेको भन्दै गठबन्धनलाई भोट दिन आग्रह गर्नुभयो । यस्तै नवलपुर प्रतिनिधि सभा २ अन्तर्गत प्रदेश सभा क मा दिनभर उम्मेदवारहरू कावासोती वडा नं. १७ मा घरदैलो संगसंगै चोक चोकमा कोणसभामा व्यस्त रहे ।
बामगठबन्धन प्रदेश सभाका साझा उम्मेद्वार किशन शर्माले वडा नं १७ को अमलटारी, बरौलीटार, गोछडा, गोछडाटार, ढोकी र चिसापानीको मुख्य मुख्य चोकमा सम्वोधन गर्नु भएको थियो । प्रतिनिधि सभाका उम्मेद्वार तिलक महत ख प्रदेशमा व्यस्त रहनु भएकाले प्रदेश सभाका उम्मेद्वार किशन शर्मा मात्रै कावासोती वडा नं. १७ मा रहनुभएको थियो । होमस्टे, नारायणी नदिको किनार पर्ने हुनाले यसलाई पर्यटकीयरूपमा विश्वमा नै नमुनाको रूपमा चिनाउन सकिने, सुकुम्वासीको समस्या, लालपूर्जा को समस्यादेखि लिएर शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका समस्याहरू पनि समाधानका निम्ति पहल गर्ने नेताहरुले बताएका छन् । नवलपुरका १ र २ क्षेत्रमा भएका चुनावी सभामा विभिन्न पार्टी परित्याग गरी बाम गठबन्धनमा प्रवेश गर्नेहरुलाई उम्मेद्धारहरुले पार्टीे प्रवेश गराएका थिए ।

Share.

Leave A Reply