नवलपुरको बुलिङटारमा सिलिण्डर बम/डण्डा र अरुणखोलामा पेट्रोल बम प्रहार/सुरक्षा व्यवस्था कडा

0

डोलराज रानाभाट, १३ जेठ । जिल्लाका विभिन्न ठाउँमा बम प्रहार तथा विष्फोट हुन थालेपछि सुरक्षा व्यवस्था कडा पारिएको छ । विप्लप समुहको नेपाल कम्युनिस्ट पार्टीले गरेको नेपाल बन्दमा मध्यराति बुलिङटारमा सिलिण्डर बम विष्फोट भएको छ । यता अरुणखोलामा पश्चिम बाट पूर्ब आउदै गरेको लु २ ख १०८ नम्बरको ट्रकमा पेट्रोल बम प्रहार भएको थियो । समयमै प्रहरीले आगो नियन्त्रणमा लिएको डिएसपी अर्जुन रानाभाटले जानकारी दिनुभयो । त्यस्तै डण्डामा पनि तरकारी बोकेर आएको जीपमा पेट्रोल बम प्रहार भएको थियो । त्यसलाई पनि प्रहरीले समयमै नियन्त्रणमा लिएको रानाभाटले विजय एफएमलाई जानकारी दिनुभयो । यो सँगै सुरक्षा व्यवस्था कडा पारिएको उहाँको भनाइ थियो । हालसम्म काठमाण्डौ भएको विष्फोटमा ४ जनाको मृत्यु भएको छ । बम बनाउने क्रममा पड्कीएर विप्लवका कार्यकर्तासमेत त्यसमा परेका छन्  भने ७ जना कार्यकर्ता बम बनाउदै गर्दा पक्राउ परेका छन्। यता विपक्षी दल काँग्रेसले हिँसाको राजनीतिलाई परित्याग गर्न आह्वान गरेको छ । विज्ञप्तीनै जारी गरि काँग्रेसले सवैमा लोकतान्त्री परिपाटीमा रहन आग्रह गरेको हो ।

Share.

Leave A Reply