नवलपुरका गाउँपालिका र नगरपालिकामा प्राविधिक शिक्षालय – बाम गठबन्धन

0


गैँडाकोट, ८ मंसिर । नवलपुरको समृद्धिका लागि पहिले मानव संशाधन विकासमा जोड दिनुपर्ने बामगठबन्धनका नेताहरुले बताएका छन् । मानव संशाधन विकासका लागि नवलपुरका गाउँपालिका र नगरपालिकामा प्राविधिक शिक्षालयको स्थापना गरिने बाम गठबन्धनका नेताहरुले बताएका छन् । नवलपुर क्षेत्र नं. १ का प्रतिनिधि सभाका उम्मेदवार भविसोर पराजुली, प्रदेश क का सूर्य न्यौपाने र प्रदेश ख का उम्मेदवार रोशन गाहा मगरले प्रत्येक गाउँपालिका र नगरपालिकामा प्राविधिक तथा व्यवसायिक शिक्षा तालिम परिषद्बाट मान्यताप्राप्त प्राविधिक शिक्षालय स्थापना गरिने बताएका छन् । प्राविधिक शिक्षालयमा माध्यामिक शिक्षा प्राप्त व्यक्तिहरुलाई राष्टिय आवश्यकता अनुसारको दक्षता प्रदान गरिने बताएका छन् । बाम गठबन्धनबाट नवलपुर क का उम्मेदवार सूर्य न्यौपानेको घरदैलो कार्यक्रम गैँडाकोट १, २ र ५ नम्बर वडामा रहेको थियो भने देवचुलीका वडाहरुमा प्रदेश ख का उम्मेदवार रोशन गाहा मगरको घरदैलो कार्यक्रम भएको छ । यस्तै प्रतिनिधि सभाका उम्मेदवार भविसोर पराजुली चुनावी अभियान शुक्रबार कावासोतीमा केन्द्रीत रहेका थिए ।

Share.

Leave A Reply