नवलपरासी ५ स्थानको परिणामः कस्ले जित्यो कस्ले हा¥यो ?

0

नवलपरासी, १८ असार ।

स्थानीय तहको निर्वाचनमा दुईपटक सम्म निर्वाचन भएको नवलपरासीको दोस्रो चरणको निर्वाचनमा मिश्रीत नतीजा आएको छ । दोस्रो चरणको निर्वाचन भएका ७ स्थानीय तह मध्ये ५ स्थानीय तहको मतपरीणाम सार्वजनीक हुँदा नेपाली काँग्रेसले २ तहमा जीत हात पारेको छ भने नेकपा एमाले, नेकपा माओबादी केन्द्र र फोरम लोकतान्त्रीकले एक, एक स्थानीय तहमा जित निकालेको छ ।
पछिल्लो मतपरिणामअनुसार सरावल गाउँपालीकाको अध्यक्षमा फोरम लोकतान्त्रीकका राधेश्याम चौधरी विजयी हुनुभएको छ ।

उपाध्यक्षमा भने नेपाली काँग्रेस विजयी भएको छ । काँग्रेसकी उत्तमा राय गाउँपालीकाको उपाध्यक्षमा विजयी हुनुभएको हो । यसअघि पाल्हीनन्दन गाउँपालीकामा नेकपा माओबादी केन्द्रले जीत हासिल गरेको छ । त्यहाँ अध्यक्षमा माओबादीका बैजुप्रसाद गुप्ता ४ हजार ८ सय ६५ मतका साथ विजयी हुनुभयो ।

वहाँका निकटतम प्रतीद्धन्द्धी राजेन्द्र सहानीको ४ हजार ३ सय ९४ मत रहेको छ । यस्तै पाल्हीनन्दनको उपाध्यक्षमा भने नेपाली काँग्रेस विजयी भएको छ । काँग्रेसकी पवित्रा कोहार विजयी हुनुभएको हो ।
यसैगरी उपाध्यक्ष पदमा नेपाली काँग्रेसकी उम्मेदवार पवित्रा कुमारी कोहार तिन हजार नौ सय १७ मत प्राप्त गरी बिजयी बन्नुभएको छ । उहाँका निकटतम प्रतिद्धन्द्धि माओवादी केन्द्रकी उम्मेदवार अस्टबुजी चौधरीले ३ हजार ७ सय ३५ मत प्राप्त गनुभएको थियो ।

यता सरावल गाउँपालिकामा फोरम लोकतान्त्रिकका उम्मेदवार राधेश्याम चौधरी ५ हजार ४५ मत प्राप्त गरी बिजयी बन्नुभएको छ ।

भने उहाँका निकटतम प्रतिद्धन्द्धि नेपाली काँग्रेसकी उम्मेदवार प्रदिप कुमार अग्रहरीले ३ हजार ९ सय १६ मत प्राप्त गर्नुभएको छ । यसैगरी उपाध्यक्ष पदमा नेपाली काँग्रेसकी उम्मेदवार उत्तमा कुमारी राय चार हजार चार सय ५८ मत प्राप्त गरी बिजयी बन्नुभएको छ ।

उहाँका निकटतम प्रतिद्धन्द्धि फोरम लोकतान्त्रिकका उम्मेदवार सुनिता हरिजनले ४ हजार ३ सय ४३ मत प्राप्त गर्नुभएको थियो ।
यता सुनवल नगरपालिकाको मेयर पदमा नेपाली काँग्रेसका उम्मेदवार भिम बहादुर थापा (भरत) ९ हजार ९ सय ७ मत प्राप्त गरी बिजयी बन्नुभएको छ ।

उहाँका निकटतम प्रतिद्धन्द्धि नेकपा एमालेकि उम्मेदवार बिमला अर्यालले ९ हजार १ सय ८२ मत प्राप्त गर्नुभएको थियो । यसैगरी उपमेयर पदमा नेकपा एमालेका उम्मेदवार दधीराम अर्यालले ९ हजार ९ सय १० मत प्राप्त गरी बिजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्धन्द्धि नेपाली काँग्रेसकी उम्मेदवार तारादेवी भण्डारीले ८ हजार ५ सय ५४ मत प्राप्त गर्नुभएको थियो ।
प्रतापुर गाउँपालिकामा काँग्रेस र सुस्ता गाउँपालिकामा एमाले विजयी भएका छन् । प्रतापुरमा नेपाल लोकतान्त्रिक फोरमका खेमनारायण चौधरीलाई सात सय नौ मतले पराजित गर्दै काँग्रेसका राजकुमार शर्मा अध्यक्षमा विजयी हुनुभएको हो । शर्माको चार हजार चार सय ३६ र चौधरीको तीन हजार सात सय २७ मत छ । उपाध्यक्षमा पनि काँग्रेस विजयी भएको छ । फोरमकी गुनकुमारी थारुलाई एक हजार चार सय ५ मतले हराउँदै काँग्रेसकी अञ्जुकुमारी चौधरी विजयी हुनुभएको हो । चौधरीको चार हजार चार सय ८६ र थारुको तीन हजार ८१ मत छन् ।

यसैगरी सुस्ता गाउँपालिकामा काँग्रेसका हसमुद्दिन शेखलाई पाँच सय ५३ मतले पराजित गर्दै एमालेका रामप्रसाद पाण्डेय वडाध्यक्षमा विजयी हुनुभएको छ । पाण्डेयको तीन हजार पाँच सय ११ र शेखको दुई हजार नौ सय ५२ मत छन् । त्यसैगरी उपाध्यक्षमा एमालेकी इन्द्रकुमारी थरुनीले काँग्रेसकी विमला ढुङ्गानालाई सात सय २९ मतले पराजित गर्नुभएको छ । थरुनीको तीन हजार पाँच सय ६५ छ भने ढुङ्गानाको दुई हजार आठ सय ३६ मत छन् ।
नवलपरासीमा मतगणना जारी दुई वटा स्थानिय तहमा नतिजा आउने पछिल्लो अपडेट यस प्रकार रहेको छ ।

 

बर्दघाट नगरपालिका
प्रमुख÷ उपप्रमुख
रुख ४७६३÷४७१० ( अग्रता )
सुर्य ४६१५÷४६२३

रामग्राम नगरपालिका
प्रमुख ÷उपप्रमुुख
रुख ५१९३÷५९३१ ( अग्रता )
सुर्य ३८८४÷३४४१

Share.

Leave A Reply