नवलपरासी (बर्दघाट सुस्ता पूर्व) समानुपातिकमा कांग्रेश अघि

0

नवलपरासी – नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को समानुपातिकतर्फको मतगणना चलिरहेको छ ।

प्रत्यक्षतर्फको मतगणना सकिएपछि समानुपातिकतर्फको मतगणना कावासोती स्थित शिव माविमा सुरु गरिएको हो ।

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) प्रतिनिधि सभातर्फ हाल सम्म ३८ हजार ९ सय २६ मत गन्दा नेपाली काँग्रेसको १८ हजार ३ सय ५, नेकपा एमालेको १४ हजार ४ सय १० र नेकपा माओवादी केन्द्रको १ हजार ९ सय ३१ रहेको छ ।

अन्य दलको १ हजार मत कटेको छैन ।

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को समानुपातिकतर्फको मतगणना भने सुचारु हुन सकेको छैन ।

Share.

Leave A Reply