नवलपरासीमा बढ्दो सवारी दुर्घटना कम गर्न चालकहरुको स्वास्थ्य परीक्षण गरिने

0

गैडाकोट, ६ माघ ।
पुर्ब पश्चिम राजमार्गको नवलपरासी मा हुने सबै भन्दा बढि सडक दुर्घटनाका कारण यसको न्युनीकरणका लागि पहिलो पटक जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासी पुर्बले सार्वजनिक सवारी चालकहरुको स्वास्थ्य परिक्षण सुरु गरेको छ ।

पुर्बी नवलपरासीको नवलपुरका स्थानिय स्वास्थ्य संस्थाहरुको सहयोगमा जिल्ला ट्राफिक नवलपरासी पुर्बले सवारी चालकहरुको स्वास्थ्य परिक्षण शुरु गरेको हो । ट्राफिक प्रहरीले हरेक साताको दुई दिन सडकमानै सवारी चालकको स्वास्थ्य परिक्षण शुरु गर्न थाले पछि सडक दुर्घटनामा कमी आउने बिश्वास लिईएको प्रहरी निरीक्षक युवराज भण्डारीले बताउनुभयो ।

सडकमै स्वास्थ्य जाँच गर्न थालेपछि सवारी साधन चलाउँदा चालकले बिशेष ध्यान दिने गरेका प्रहरी निरीक्षक भण्डारीले बताउनुभयो । नवलपरासी सबै भन्दा बढि दुर्घटना हुने राजमार्गमा रहेका कारण पनि यस्ता सचेतनामुलक कार्यहरु गर्न थालिएको र यस्ता शिविरहरू केही समयको अन्तरालमा संचालन गरिने प्रहरी निरीक्षक भण्डारीले बताउनुभयो ।

Share.

Leave A Reply