नवलपरासीमा पनि मनोनयन दर्ता हुँदै (कहाँबाट को )

0

नवलपरासी ।


प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको दोस्रो चरणको प्रत्यक्षतर्फका उम्मेदवारी दर्ता बिहीबार हुँदैछ । दोस्रो चरणमा तराई र पहाडका ४५ जिल्लामा मंसिर २१ गते निर्वाचन हुँदैछ । निर्वाचन आयोगले उम्मेदवारी दर्ताका लागि सबै तयारी सकिएको जनाएको छ । दोस्रो चरणमा प्रतिनिधिसभातर्फ १ सय २८ र प्रदेशसभातर्फ २ सय ५६ निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता हुनेछ । प्रतिनिधिसभाको कुल १ सय ६५ मध्ये ३७ र प्रदेशसभाको ३ सय ३० निर्वाचन क्षेत्रमध्ये ७४ सिटमा मंसिर १० गते पहिलो चरणमा निर्वाचन हुँदैछ । ती क्षेत्रका लागि कात्तिक ५ गते उम्मेदवारी दर्ता भएको थियो । पहिलो चरणमा उच्च हिमाली तथा पहाडी जिल्लामा निर्वाचन हुनेछ । दोस्रो चरणको निर्वाचन हुने नवलपरासीका दुवै जिल्ला नवलपुर खण्ड र परासी खण्डमा पनि आज मनोनयन दर्ता हुँदैछ । नेपाली काँग्रेसबाट नवलपुर खण्डको दुई क्षेत्रमध्ये प्रतीनिधी सभा १ मा काँग्रेस महामन्त्री डा शंशाक कोईराला ले मनोनयन दर्ता गराउदै हुनुहुन्छ । १ को प्रदेशसभा क मा पुर्व केन्द्रीय सदस्य कृष्णचन्द्र नेपाली र ख मा पुर्व संसदीय दल सचिव महेन्द्र ध्वज जिसी ले मनोनयन दर्ता गराउदै हुनुहुन्छ । यस्तै एमाले माओबादीको बामगठबन्धनबाट नवलपुर १ मा माओबादीका विशेश्वर पराजुली १ को प्रदेशसभा क मा माओबादीकै सुर्य न्यौपाने, र ख एमालेका रोशनबहादुर गाहाले मनोनयन दर्ता गराउदै हुनुहुन्छ । नवलपुर प्रतिनिधी सभा २ मा काँग्रेसबाट महासमिती सदस्य विष्णु कार्की, २ का प्रदेशसभा सभा क मा जिल्ला सभापती बिष्णु लामीछाने र ख मा पुर्व क्षेत्रीय सभापती गणेशमान श्रेष्ठ ले मनोनयन दर्ता गराउदै हुुनुहुन्छ । नवलपुर २ मा बाम गठबन्धन तर्फ प्रतीनिधी सभामा एमाले नेता तिलक महत २ को प्रदेशसभा क मा माओबादीका किसान शर्मा, ख मा एमालेका जनकलाल श्रेष्ठको मनोनयन दर्ता हुने गठबन्धनले जनाएको छ । उता परासी खण्डतर्फ दुई प्रतीनिधी सभा क्षेत्रको १ मा काँग्रेसबाट देवकरण जैसवाल १ को प्रदेशसभा क मा पुर्व सांसद विक्रम खनाल, ख मा मुकुल कुमार आचार्य, यस्तै बाम गठबन्धनबाट प्रतिनिधी सभा १ मा एमालेको चुनाव चिन्ह लिएर हृदयस त्रिपाठी, १ को प्रदेशसभा क मा एमालेका दिपेन्द्र अधिकारी ख मा एमालेका अजय शाहीले मनोनयन दर्ता गराउदै छन् ।
यस्तै परासी खण्डकै प्रतिनीधी सभा २ मा काँग्रेसका पुर्व गृहराज्य मन्त्री देवेन्द्रराज कण्डेल, प्रदेशसभा तर्फ २ को क मा गुणनिधी तिवारी र ख मा बैजनाथ जैसवाल बाम गठबन्धनबाट प्रतिनीधी सभामा माओबादीका घनश्याम यादव, २ को प्रदेश सभा क मा एमालेका बैजनाथ चौधरी ले मनोनयन दर्ता गराउदै हुनुहुन्छ । बाम गठबन्धनले २ को ख को नाम टुंगो लगाउन अहिले छलफल जारी राखेको छ ।

प्रदेश नं ४ तर्फ नवलपरासी (बर्दघाट सुस्ता पूर्व) र प्रदेश नं ५ तर्फ नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) क्षेत्र गरी दुई जिल्लाबाट ४लाख २९ हजार ८९४ मतदाताले मतदान गर्ने जिल्ला निर्वाचन कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कार्यालयले जनाएको छ । नवलपुर क्षेत्र अर्थात नवलपरासी (बर्दघाट सुस्ता पूर्व )को जिल्लामा दुई लाख २१ हजार ६६२ जना मतदाता छन् । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को जिल्लामा दुई लाख आठ हजार २३२ जना मतदाता रहेको बर्दघाट सुस्ता पश्चिम क्षेत्रका जिल्ला निर्वाचन अधिकृत अयोद्याप्रसाद भण्डारीले जानकारी दिनुभयो । प्रदेश र प्रतिनिधि सभाको चुनावका लागि नवलपुर क्षेत्रको कावासोतीको खानेपानी हलमा र परासी क्षेत्रको जिल्ला बालकल्याण समिति र महिला तथा बालबालिका कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना यस अगावै गरिसकिएको छ । नवलपरासीमा दुवै तर्फ गरी कूल तीन हजार ६३८ कर्मचारी निर्वाचनमा खटिएका छन् ।

Share.

Leave A Reply