नवलपरासीको सुस्ताका विषयमा आवाज उठाएको छु – मन्त्री गौतम

0


गैँडाकोट, ४ असोज । “युवाहरुको आह्वान आगन्तुक पर्यटकलाई सम्मान” भन्ने मुल नाराका साथ नवलपरासीको गैंडाकोट अमरापुरीमा मंगलबारबाट ऐतिहासिक अमरापुरी महोत्सव सुरु भएको छ । लक्ष्मी उच्च माविको प्राङ्गणमा सिंचाइ मन्त्री सञ्जय कुमार गौतमले महोत्सवको उद्घाटन गर्नुभयो ।
उद्घाटनपछि महोत्सवको सफलताको शुभकामना व्यक्त गर्दै सिंचाइ मन्त्री सञ्जय कुमार गौतमले सिमा विवाद रहेको नवलपरासीको सुस्ताका विषयमा आवाज उठाएको बताउनुभयो ।
साथै उहाँले कृषिमा आत्मनिर्भर वढाउन प्रविधिको विकास र आधुनिक कृषि प्रणालिको विकास गर्ने वताउनुभयो । साथै उहाँले विदेश पलायन भएका युवालाई रोक्न केही निती परिवर्तनको आवश्यकता औल्याउनुभयो ।
सिंचाइ मन्त्री गौतमले युवाहरुको साथले मात्र हरेक काममा पुर्ण हुने भन्दै महोत्सवको सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

Share.

Leave A Reply