नवलपरासीको सुनवलमा बम बिष्फोट, ६ जना घाईते ।

0

नवलपरासी ११ असार

नवलपरासीको सुनवलमा माओबादी र्याली चलीरहेका बेला बम बिष्फोट भएको छ । घटनामा ६ जना घाईते भएको ईलाका प्रहरी कार्यालय सुनवलले जनाएको छ । माओबादी र नेकपा एमोले चुनावी प्रचारका लागी र्याली चलीरहेको सुनवल ३ नदुवाटोलमा भएको बम बिष्फोटमा माओबादीको र्यालीमा सहभागी ६ जना घाईते भएका हुन् ।

 

घाईते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको ईलाका प्रहरी कार्यालय सुनवलले जानकारी दिएको हो । गम्भीर घाईतेहरुलाई उपचारका लागी लुम्बीनी अञ्चल अस्पताल बुटवल लगीएको । अन्य घाईतेहरुको सुनवलमा नै उपचार भैरहेको छ । दिउँसो २ः१५ मा भएको घटनापछि एक घण्टा पुर्वपश्चिम राजमार्ग अन्तर्गत सुनवलमा यातायात अवरुद्ध भएको थियो । घटनास्थलमा अहिले बाक्लो मात्रामा सुरक्षा परिचालन गरीएको छ । यस्तै लु १ ख ६७७३ नं को बसमा क्षती भएको छ  । घटनाप्रती खेद प्रकट गर्दै नेकपा माओबादी केन्द्र सुनवलले उम्मेद्धार र कार्यकर्ता लक्षीत सुनीयोजीत आक्रमण भएको भन्दै स्थानीय प्रशासनको ध्यानाकर्षण गरेको छ ।

Share.

Leave A Reply