नवलपरासीको सरावलमा एक महिलाको शव फेला

0

नवलपरासी, ३१ जेष्ठ । नवलपरासीको सरावलमा एक महिलाको शव भेटिएको छ । सरावल गाउँपालिका १ साविक तिलकपुर गाविसको चितवन सिमेन्ट उद्योग पछाडि रहेको खैल मैदानमा बर्दघाट नगरपालिका ४ दिब्यनगरका ४० बर्षीया माया खनालको शव भेटिएको प्रहरीले जनाएको छ । घांँस काट्न जाने महिलाहरुले मंगलबार साँंंझ महिलाको शव देखेपछि बासा प्रहरीलाई खबर गरेका थिए । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Share.

Leave A Reply