नवलपरासीको बर्दघाटमा मतगणनाका क्रममा विवाद, पत्रकारलाई सुचना दिईएन

0

गैँडाकोट १७ असार ।
नवलपरासीको बर्दघाट नगरपालीकामा मगतणनाको क्रममा विवाद उत्पन्न भएको छ । वडा नं १२ को गणनाको क्रममा खसेको मत भन्दा १६ वटा बढी मतपत्र मतपेटीकामा भेटीएपछी विवाद भएको हो । पत्रकारलाई सुचना लिनका लागी गणनास्थलमा प्रवेश नदिएका कारण घटनाबारे सहि सुचना बाहिर आउन सकेको छैन् । गणनास्थलमा रहेका प्रतीनिधीहरुले दिएको जानकारी अनुसार १६ मत कहाँबाट कसरी बढी भयो भन्ने यकीन अनुसन्धान भएर चित्तबुझ्दो जवाफ नआएसम्म दलहरुले मतगणना हुन नदिने भनेपछी आईतबार विहान ११ बजे सम्मका लागी वडा नं १२ को गणना स्थगीत भएको छ ।

यसअघि वडा नं १४ को गणनाका क्रममा गणक कर्मचारीको लापरबाहीले बढी मत गनीएको भन्दै विवाद भएको थियो । दलहरुले कर्मचारीले हदभन्दा बढी लापरबाही गरेको भनेपछी गएराती ३ बजे झडपको स्थीती समेत आएको थियो । पछि पुनगणना गरी विवाद साम्य पारिएको थियो । अहिले गणना जारी छ ।
यसैविच गणनास्थलमा पत्रकारलाई प्रवेश गर्न दिईएको छैन् । गणनाको समय समयमा प्राप्त मतपरिणाम सार्वजनीक गर्नुपर्ने भएपनी बर्दघाट निर्वाचन कार्यालयले सार्वजनीक गरेको छैन् । परिणाम सुन्न माईकको व्यवस्था अथवा डिजिटल बोर्डको व्यवस्था गरीएको छैन् । नेपाल पत्रकार महासंघले पत्रकारलाई सुचना विभागको कार्ड वा काम गरीरहेको संचार संस्थाको कार्ड देखाएर प्रवेश र सुचना दिन आग्रह गरेको छ । यसबारेमा बुझ्न निर्वाचन कार्यालय बर्दघाटका निर्वाचन अधिकृत बलराम अर्यालको मोबाईल नम्बर ९८५७०१०५१७ मा शुक्रबारदेखी नै सम्पर्क गर्दा पनि फोन उठेको छैन् ।
गणनाको अपडेट जानकारी नगराईएको कारण कस्ले कती मत प्राप्त गरेको छ यकीन जानकारी आउन सकेको छैन् । मेयर र उपमेयर पदमा नेपाली काँग्रेसले लिड गरीरहेको छ ।
हालसम्म वडातर्फ
बर्दघाट १ मा नेकपा एमाले विजयी (भिमलाल सुनार ४३३)
बर्दघाट ३ मा नेकपा एमाले विजयी (रुद्र न्यौपाने १५५ )
बर्दघाट ५ मा नेकपा एमाले विजयी भएको जानकारी, घोषणा भएको छैन्
बर्दघाट ६ मा नेपाली काँग्रेसका रोहित थारु विजयी
बर्दघाट ७ मा काँग्रेस विजयी
बर्दघाट ८ मा नेकपा माओबादी केन्द्रका कविराज आचार्य विजयी
बर्दघाट ९ मा एमाले विजयी
बर्दघाट १६ मा नेपाली काँग्रेस सुकबहादुर गुरुङ ९६७ मत

Share.

Leave A Reply