नवलपरासीको दाउन्नेमा सडक भासियो, आज राजमार्ग खुल्ने संभावना न्यून

0

दाउन्ने, २८ श्रवाण । नवलपरासीको दाउन्ने क्षेत्रमा सडक भासिएपछि आज राजमार्ग खुल्ने संभावना न्यून रहेको जिल्ला ट्राफिक प्रमुख धमेन्द्र रावलले बताउनुभएको छ । सडक भासिएपछि पूर्वपश्चिम राजमार्ग नै ठप्प भएको छ । रातीदेखिनै पहिरो गएपछि राजमार्गमा सवारीसाधनको ठूलो चाप रहेको छ । यात्रुहरुलाई बैकल्पिक मार्ग प्रयोग गर्न समेत जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासीले आग्रह गरेको छ । बाटो अबरुद्ध भएपछि सवारीको लामो लाईन लागेको छ । दाउन्ने पूर्व र पश्चिम करीब १० किलोमिटर सम्म सवारीको लाम लागेको ईलाका प्रहरी कार्यालय बर्दघाटले जानकारी दिएको छ । लामो समयसम्म सवारी जाम भएपछि यात्रुले सास्ति पाएका छन । दाउन्ने आसपासका कम्तीमा १० ठाउँमा साना साना पहिरो खसेको र घिउखोलामा पनि पहिरो खसेको छ । पहिरो पन्छाउने क्रम जारी रहेको छ ।

video  :  Nabin Paudel

 

Share.

Leave A Reply