नवलपरासीको कावासोती नगरपालिकामा लागेको ताला खुल्यो ।

0

गैँडकोट ८ साउन ।
नवलपरासीको कावासोती नगरपालिकामा साउन ४ गते देखि लगाईएको ताला आज ९आईतबार० देखि खोलिएको छ । नगरपालिकाको विवाद समाधान भएपछि तालो खोलिएको हो । सत्तापक्ष र विपक्षि दलका प्रतिनिधी बिच छलफल भएर सहमती भए पछि जनप्रतिनिधिले गरेको अनिश्चितकालीन तालाबन्दी आज देखि खोलिएको छ ।

दुवै पक्ष बिच लक्षित बजेट वडामै पठाउने, नगरपालिकामा लागु गरिएको करको समय अवधी थप गर्ने विषयगत रुपमा कर घटाउने, तथा गत साउन ३ गते असहमतीका बिच पारीत भएको बजेट हेरफेर गरिने लगाएत २३ बुदामा संसोधन गर्ने सहमती भए पछि पछि ताला खोल्ने सहमती भएको नेपाली कांग्रेसका जिल्ला सचिब बाल कृष्ण घिमिरेले बताउनु भयो ।

नगरपालिकाको समस्या समाधानका लागी आगामी दिनमा दलिय संमयन्त्र समिती गठन गरि अगाडी बढ्ने सहमती भएको घिमिरेले बताउनु भयो । आज पत्रकार सम्मेलन गरी बिरोधमा रहेका नेपाली कांग्रेस माओवादी लगाएतका दलले राजनैतिक दल बिचको सहमति र सुझावका आधारमा भद्र सहमति र संसोधन गर्ने गरी ताला खोलिएको र त्यसो हुन नसके आफुहरुले पुनस् तालाबन्धि गर्ने समेत बताएका छन ।

Share.

Leave A Reply