नवलपरासीः पञ्चायतदेखीको एमालेको गढ काँग्रेसले भत्कायो

0

गैँडाकोट १८ असार ।

स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा नवलपरासीमा नेपाली काँग्रेसले ईतीहास रचेको छ । पञ्चायतकालदेखी कम्युनीष्टको पकड रहेको नवलपरासीको सुनवल नगरपालीकाको मेयर पदमा काँग्रेसले जित हात पारेको छ । सुनवलमा काँग्रेसका भिमबहादुर थापा भरत मेयर पदमा विजयी भएका छन् । नेपाली काँग्रेसका जिल्ला सभापती बिष्णु लामीछानेले सुनवलमा पहिलो पटक दशकौँपछि एमालेको किल्ला तोडीएको भन्दै नयाँ ईतीहास रचिएको बताए ।

२०५४ सालको चुनावमा साविकको सुनवल गाविसमा नेकपा एमालेका थानप्रसाद गैह्रेले जीतेका थिए । त्यसबेला नेपाली काँग्रेसका अर्जुन कुमार पोखरेल पराजीत भएका थिए । २०६४ सालको संसदीय चुनावमा तत्कालीन नेकपा माओबादीका चिनक कुर्मी विजयी भएका थिए । यस्तै २०७० सालको संसदीय चुनावमा भने एमालेले नै पुनरागमन गर्दै जित हासिल गरेको थियो । एमालेका बैजनाथ चौधरी विजयी भएका थिए । अहिलेको स्थानीय तह चुनावमा काँग्रेसका मेयर पदका उम्मेद्धार थापाले ९ हजार ९ सय ७ मत प्राप्त गरी बिजयी भएका छन् । । नेकपा एमालेकि उम्मेदवार बिमला अर्यालले ९ हजार १ सय ८२ मत प्राप्त गरिन् । सुनवलको उपमेयर पदमा भने नेकपा एमालेका उम्मेदवार दधीराम अर्याल विजयी भएका छन् । उनले ९ हजार ९ सय १० मत प्राप्त गरे । काँग्रेसकी उम्मेदवार तारादेवी भण्डारीले ८ हजार ५ सय ५४ मत प्राप्त गरीन् ।

Share.

Leave A Reply