“नराम्रो कामको पो विरोध गर्ने, म नराम्रो काम गर्दै गर्दिन ”

0

छत्रराज पौडेल , मेयर गैंडाकोट नगरपालिका

नमस्कार यहाँलाई स्वागत छ 

धन्यवाद छ तपाई र विजय खबर पत्रिका परिवारलाई पनि ।
सर्वप्रथम त बधाई छ गैंडाकोट नगरपालिकाको मेयर बन्न सफल हुनुभएकोमा र सफल कार्यकालको शुभकामना पनि ।
धन्यवाद ।
गैंडाकोटमा मेयर हुन्छु भन्ने सोच्नुभएको थियो ?
म निर्वाचित हुन्छु भन्नेमा विश्वस्त थिए । त्यस आधारमा मैंले पहिले नै निर्वाचित भएको महशुस गरिरहेको थिए । अहिले त्यही रुपमा नै लिईरहेको छु ।
त्यति धेरै विश्वस्त हुनुपर्ने त देखीदैनथ्यो निकै प्रतिस्पर्धा थियो ?
हैन मलाई के लागिरहेको थियो भने, म राजनीतिक क्षेत्रमा लाग्दै गर्दा र लागिरहदाँ यहाँका हरेक व्यक्तीसँग घुलमिल भएर काम गर्दै आएको थिए । उहाँहरुसँग सामुहिक रुपमा विभिन्न विकास निमार्णका कामहरु अन्य काममा सहभागी भएर लामो समय काम गरेको छु । र यो विचमा हरेक मतदातासँग बातचित गर्न पाएको थियो । त्यस आधारमा प्रतिस्पर्धा हुदैँ गर्दा पनि मैंले जित्छु भन्ने कुरामा विश्वस्त थिए ।


मतदाताले किन तपाईलाई मत दिए जस्तो लाग्छ ?
खासगरी यो गैंडाकोट नगरपालिकालाई अल्लि विकासको चरणमा राम्रोसँग लैजानको लागी छत्रराज पौडेलसँग केही भिजन छ । र यसले अन्य दलका मान्छेहरुसँग पनि सवैको प्रतिनिधित्व गरेर जान सक्छ भनेर विश्वास गर्नुभएको हो भन्ने मलाई लाग्छ ।
कुनै लोभ देखाउनुभएको थिएन ?
म एकदम खुल्ला छु । सवैले मलाई चिन्नुहुन्छ । सवैको विचमा म खुल्ला हुन चाहन्छु । त्यस्तो लोभ लालच केही छैन । म जे हो त्यो यथार्थ हो ।
यहालाई मत दिने तर यहाँको पार्टीलाई मत नदिने मतदाता पनि देखिए ?
कतिपय सन्दर्भमा हामीले जित्दै आएका वार्डहरु पनि अरुले जितिरहेका छन् । कतिपय सन्दर्भको कुरा गर्ने हो भने यो नेपाली काँग्रेसको किल्ला हो यहाँ अरु कसैको पनि केही छैन भन्ने कुरा पनि आए । तर त्यहाँ देखिहाल्नुभयो निर्वाचनको परिणाम के आयो । यहाँ मान्छेले के खोजिरहेका छन् भने गर्ने खालको मान्छे खोजिरहेका छन् ।
यहाँको पार्टीमा यहाँचाही गर्नेखालको अरुचाँही गर्ने खालका थिएनन् ?
हैन मैले त्यसो भन्न खोजेको पनि होईन । वास्तवमा टिकट दिने सन्दर्भमा जुन मिलेर गईयो नि त्यस आधारमा मान्छेको विश्वास आर्जन गर्ने सन्दर्भमा हाम्रो पार्टीका मान्छेलाई विश्वास गर्नुभएन होला । अनि कतीपय नेपाली काँग्रेशकै आनो किल्ला भनेकै ठाउँमा उहाँहरुलाई पनि विस्वास गर्नुभएन त्यसैको परिणाम हो ।
यहाँलाई भेगिय मत वढि आयो भन्ने हल्ला छ नी त्यस्तै हो र ?
मलाई त्यस्तो भेगिय मत आयो भन्ने विस्वास लाग्दैन । कतै कतै त्यो साथीहरुले भन्ने गर्नुहुन्छ । सवै मतदातामा पनि त्यो भान परेहोला । किनभने त्यस्तै देखिन्छ । तर त्यो भन्दा पनि विस्वास हुने आधार के हो भने मान्छेले मुल्याङ्कन गरेको हो । फेरी म मात्रै राम्रो भन्न खोजेको होईन । यसलाई एकपटक हेरौं है पनि भनेका हुनु । लामो समय भयो एकपटक यसलाई पनि हेर्न जरुरी छ भन्ने आधारमा मतदाहरुले मुल्याङ्कन गर्नुभयो भन्ने मेरो विश्लेषण हो ।
यहाँहरुको प्रचारप्रसारका क्रममा पनि यतातिरकालाई जिताउनुस् उताकालाई जिताउनुभयो भने नगरपालिका नै सर्छ भन्ने हल्ला पनि गर्नुभयो रे ?
त्यस्तो कुरा मैंले कहिले पनि भनिन् । त्यस्तो विश्लेषण मैंले कहिले पनि गरिन । यो सवै हल्ला हो ।
कार्यकर्ताहरुले पो भने की ?
हैन कार्यकताहरुले पनि भनेनन् । जहाँ नगरपालिका स्थापना हुदै गर्दा भवन बनिरहेको छ । मतदाता र अन्य दलहरुले पनि के बुझ्न जरुरी छ भने यदि त्यस्तो हल्ला गरेको भए यहाँ प्लस हुनुभन्दा पनि माईनस् हुन्थ्यो ।
अहिले निर्वाचन जितीसकेपछि कत्तिको चुनौती महसुस गर्नुभएको छ ?
जहाँ सम्भावना, त्यहाँ चुनौती र जहाँ चुनौती, त्यहाँ सम्भावना । चुनौती पनि छन नी ।
के चुनौती देख्नुहुन्छ ?
यत्रो क्षेत्रमा अहिलेसम्म रिङ्रोडको प्रावधान छैन । कसरी गर्ने गाह्रो छ । सडकको मादण्डपनि हामीले तय गर्न सकेका छैनौ । प्रदेश चुनाव, केन्द्रिय चुनाव कहिले हुने हो त्यसपछि कानुन बन्न कति समय लाग्ला त्यसपछि जुन आधिकार प्राप्त हुन्छ त्यहि अनुसार अगाडी वढ्ने हो राजनीतिक चुनौती केही देख्दिन ।
प्रचारप्रसारका क्रममा निकै ठुला योजना बनाउनुभयो ति कार्यान्वयन गर्न सकिन्छ ?
प्रष्ट सकिन्छ । कलिगण्डकीको पानी गैंडाकोटको लगानी, म अहिले पनि भन्छु ति मेरै कार्यकालमा अगाडी वढाउँछु । अर्को खानी उत्खनन कुरा जुन मैलै गरेको थिए । त्यो अधिकार पाएपछि त्यो पनि अघि बढाउँछु । त्यसपछि गिटी, ढुङ्गा, बालुवा निकाल्ने काम वातावरणीय मुल्याङ्कन गरेर त्यसलाई पनि अघि बढाउँछु । त्रि मार्ग अर्को मैले भनेको जल, पैदल र यातायात मार्ग त्यसलाई अघि वढाउँदै रिङ्रोड बनाएर छाड्छु । केही न केही म परिवर्तन गरेरै छाड्छु ।
यहाँको नगरसभा भित्र तपाईको भन्दा पनि अरु पार्टीका व्यक्तिको सहभागिता धेरै हुन्छ अब तपाईको योजना कसरी कार्यान्वयन कसरी होला ?
राम्रो कामका लागि विरोध गर्नुपर्ने म त्यस्तो केही देख्दिन । नराम्रो कामको पो विरोध गर्ने । म नराम्रो काम गर्दै गर्दिन ।
हवस् कुराकानी र समयका लागि धन्यवाद छ ।
धन्यवाद तपाईलाई पनि ।

Share.

Leave A Reply