नयाँ शक्ति गैँडाकोटमा तात्यो – भृकुटी कागज कारखानाको सम्पूर्ण जमिन राज्यको मातहतमा ल्याउने

0


गैँडाकोट, २ मंसिर । नवलपुर क्षेत्रमा वैदेशिक रोजगारीमा बढीरहेको युवा पलायनलाई निरुत्साहित पार्दै युवा स्वरोजगार कार्यक्रमलाई प्रोत्साहन दिने अभियानका साथ नयाँ शक्तिले गैँडाकोट क्षेत्रमा चुनावी अभियान तीव्र पारेको छ । आज भएको चुनावी अभियानमा नवलपुर क्षेत्र नं. १ का प्रतिनिधि सभा तर्फ नयाँ शक्तिका उम्मेदवार कृष्णप्रसाद गौतमले गँैडाकोटमा अवस्थित भृकुटी कागज कारखानाको सम्पूर्ण जमिन राज्यको मातहतमा ल्याई स्थानीय जनताको हितमा प्रयोग गरिने बताउनुभयो । घरदैलो कार्यक्रममा प्रदेश सभा क का उम्मेदवार सरोज खरेलले देवघाटदेखि त्रिवेणीसम्म तटबन्धन गरी धार्मिक तथा पर्यटकीय मार्ग निर्माण गरिने प्रतिवद्धता जाहेर गर्नुभएको छ । प्रतिनिधि सभा तर्फ नयाँ शक्तिका उम्मेदवार कृष्णप्रसाद गौतमले आज विजय एफ एमसंग कुराकानी गर्दे कालिगण्डकी डाँडाझेरीबाट बाँध बाँधेर भैँसाखोरीमा सुरुगंबाट पानी ल्याएर विजुली निकाल्न सकिने र त्यसले नवलपुरमा सिंचाई समेत गर्न सकिने बताउनुभएको छ । गौतम संग गरिएको कुराकानी आज बेलुका साढे ८ बजे र भोली विहान ७ बजेको मिसन इलेक्सनमा सुन्न सक्नुहुने छ ।

Share.

Leave A Reply