नयाँ शक्ति ः नवलपुरलाई समृद्ध बनाउन ५ वर्ष काफि – कृष्णप्रसाद गौतम

0


नवलपुर, १ मंसिर । चुनावी अभियानलाई तिव्रता दिइरहेको अर्को दल नयाँ शक्तिले नवलपुरलाई समृद्ध बनाउन ५ वर्ष काफि रहेको बताएको छ । नवलपुर क्षेत्रको पहाडी क्षेत्रमा चुनावी अभियान सकेर तल्लो भेगमा अभियान सुरु गरेको नयाँ शक्तिले आफ्ना चुनावी कार्यक्रमलाई घरदैलोमै बढी केन्द्रीत गरेको छ । राज्यसत्ताका सबै तहमा सबैको पहुँच पुर्याउन नयाँशक्तिको विजय आवश्यक रहेको नवलपुर क्षेत्रबाट प्रतिनिधि सभाका उम्मेदवार बन्नुभएको कृष्णप्रसाद गौतमले बताउनुभएको छ । गौतमले समतामूलक समृद्धि, समानुपातिक समावेशी लोकतन्त्र, सुशासन र सदाचार, स्वाधिनता र सार्वभौमिकता र समुन्नत समाजवाद स्थापना गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभएको छ । चुनावी अभियानका क्रममा बुलिंगटारमा रहनुभएका गौतमले आफ्नो माहोल सोचे भन्दा राम्रो बन्दै गएको बताउनुभएको नयाँ शक्तिका नेता गोपेन्द्रकेशरी न्यौपानेले बताउनुभयो । समाजका सबै वर्ग, जाति, क्षेत्र, लिंग, समुदायलाई धनी बनाउन आर्थिक वृद्धि र समन्यायिक वितरणको गतिशील सन्तुलन मिलाउँदै जाने पनि नयाँ शक्तिले जनाएको छ ।

Share.

Leave A Reply