नयाँ कुषि अभियान गैँडाकोटले गर्यो फलफूल वृक्षारोपण

0


गैँडाकोट, ३ भदौ । नयाँ कुषि अभियान कृषि सहकारी संस्था लिमिटेड गैँडाकोट २ ले आँप, लिच्ची र कटरजस्ता फलफुलका विरुवा रोपी शनिबार फलफुल बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । मौलाकालिका मन्दिरको फेदी परिसरमा रहेको गणेश मन्दिर वरिपरि वृक्षारोपण गरिएको हो । कार्यक्रममा गैँडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेलले नयाँ कृषि अभियानका राम्रा अभियानमा नगरपालिकाको सहयोग रहने बताउनुभयो । कायक्रमका बिशिष्ट अतिथि मौलाकालिका सामुदायिक वनका अध्यक्ष शालिकराम सापकोटाले नयाँ कृषि अभियानले बृक्षारोपण जस्तो सह्रानीय काम गरेको बताउनुभयो । कार्यक्रममा मौलाकालिका मन्दिरका संस्थापक अध्यक्ष डिलाराम सापकोटा र संस्थाका सल्लाकार समिति नेत्रनाराण पौडेलले मन्तव्य राख्नुभएको थियो । कार्यक्रम संस्थाका अध्यक्ष यदुनाथ सिग्देलको अध्यक्षतामा सम्पन भएको हो ।

Share.

Leave A Reply