नयाँ आर्थिक वर्षका लागि बढेको कर नगरपालिकाले आजै उठायो

0

नगरपालिकाले दादागिरी ग¥यो – नगरबासी 

गैँडाकोट, ३० असार । गैँडाकोट नगरपाालिकाले विभिन्न शिर्षकमा नयाँ आर्थिक वर्षदेखि बढाएको कर यसै आर्थिक वर्षबाट उठाउन सुरु गरेको छ । गैँडाकोट नगरपालिकाले शुक्रबार नै घरनक्सा दस्तुरमा बढेको मूल्य लिएको छ । कर तीर्न पुगेका नगरबासीले नयाँ आर्थिक वर्ष २०७४÷७५ का लागि होला भन्दै गर्दा पनि यसै आर्थिक वर्षबाट कर उठाएका छन् । घरतिरेर बाहिर निस्किएका नगरबासीले नगरपालिकाले दादागिरी ग¥यो भन्ने जवाफ दिएका छन् ।
गैँडाकोट नगरपालिकाका सूचना अधिकारी लिलाधर शर्माले केही शिर्षकमा बढेका कर नयाँ आर्थिक वर्ष २०७४÷७५ अर्थात साउन १ गते आइतबारबाट लागू हुने बताउनुभयो । शर्मासंग हामीले के के शीर्षकमा कर बढेको छ सूचना पाउँ भन्दा आइतबारबाट लागू हुने भएकाले आइतबार नै उपलब्ध गराउने जानकारी दिनुभयो । सूचना चाँही आइतबार दिने कर चाँही आजै बाट उठाउन सुरु गर्नुभयो नी भन्ने हाम्रो प्रश्नमा शर्माले प्राविधिकमा बुझेर जानकारी दिने बताउनुभएको छ ।
पुरानै राजश्व अनुसार ९३२.७५ क्षेत्रफल भएको जमिन र प्रथमतला भएको घरको राजश्व ६ हजार ५ सय २६ हुनुपर्ने । बढेको दरअनुसार १० हजार २ सय ६० रुपैँया राजश्व लिइएको छ ।

 

 

यस आर्थिक वर्षको मसान्तमा घरनक्सा पासको काम बन्द हुँदा नगरबासी मारमा परेका छन् । नगरसभाको तयारी  भन्दै नगरपालिकाले असार २६ गतेदेखि श्रावण २ गतेसम्म नक्सापास सम्बन्धि काम रोकेको छ । नगरसभा भने बुधबार नै सम्पन्न भइसकेको छ । जनताको काम अन्तिम समयमा झन् समय छुट्टाएर गर्नु पर्ने स्थानीयको भनाई छ ।

Share.

Leave A Reply