नन्दन सामुदायीक बनका अध्यक्ष केसीको हृदयघातका कारण निधन ।

0

गैँडाकोट ६ कार्तिक ।

नन्दन सामुदायीक बन गैँडाकोटका अध्यक्ष लालचन्द केसीको निधन भएको छ । ५५ बर्षीय केसीको गएराती हृदयघात भएपछि चितवन मेडीकल कलेज भरतपुरमा भर्ना गरीएको थियो । केसीको उपचारकै क्रममा सोमबार दिउँसो १ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

गैँडाकोटका सामाजीक अभियानमा संलग्न केसी गतबर्षदेखी नन्दन सामुदायीक बनको अध्यक्षमा चयन हुनुभएको हो । केसीको निधनमा गहिरो शोक व्यक्त गर्दै नन्दन सामुदायीक बनले अन्तीम श्रद्धान्जलीमा सहभागीताका लागी उपभोक्तालाई आग्रह गरेको छ ।

केसीको पार्थिव शरिर श्रद्धान्जलीका लागी मंगलबार विहान ७ बजे गैँडाकोट ६ को गैँडाचोकमा रहेको केसीको आफ्नै निवासमा राखिने सामुदायीक बनका सचिव गिता सापकोटाले जानकारी दिनुभएको छ ।

Share.

Leave A Reply