नदि कटान रोक्नु पहिलो प्राथमिकता – सुवेदी

0


नब्बे प्रतिशत सडक ग्राभेल भएको छ, नब्बे प्रतिशत जनता शिक्षित छन्
गैँडाकोट नगरपालिकाको गैँडाकोट ११ पशुपालन र कृषिका लागि सम्भावनाको क्षेत्र हो । पहिले देखिनै दुधका लागि न्यूजिल्याण्डको रुपमा मानिदै आएको साविक मुकुन्दपुर क्षेत्र अन्तर्गतको अहिलेको गैँडाकोट ११ पशुपालनका लागि धेरै सम्भावना बोकेको अनि धेरैको जिजिविशाको आधार बनेको छ । गैँडाकोट ११ मा करिब १ किलोमिट क्षेत्र नारायणी नदि कटानले प्रभावित छ । यसको रोकथाम र सचेतना वडा अध्यक्षको पहिलो प्राथमिकतामा परेको छ । अव्यवस्थीत बसोबास र लागू पदार्थको दुव्र्यसन बाहेक अरु सबै पक्षमा आफ्नो वडा अब्बल रहेको बताउने गैँडाकोट ११ का वडा अध्यक्ष गोविन्द प्रसाद सुवेदीसंग वडाको विकासका लागि के कस्ता योजना छन् त ? प्रस्तुत छ सम्पादक श्रीधर उपाध्यायाले गर्नुभएको कुराकानीको सम्पादीत अंश ।

 

अहिले यहाँको व्यस्तता ?
सामाजिक काममा व्यस्तता छ ।
गैँडाकोट ११ को हालखबर के छ ?
गैँडाकोट ११ को हालखबर पनि ठीक छ, राम्रै छ ।
पछिल्लो समय गैँडाकोट ११ मा के काम गर्दै हुनुहुन्छ ?
अहिले मेरो व्यस्तता भनेको गैँडाकोट स्तरीय एउटा खेल मैदान बनिराछ । गौचरन भनेर पुरानो नामाकरण थियो, अहिले गैँडाकोट खेलमैदानका नामले चिनिन्छ । अहिले लगभग अन्तिम चरणमा पुगेको छ । मुकुन्दसेन बोडिङ् पीच बाटो गत मंगलबार नै सकिएको छ । रोड भन्दा माथिल्लो भेगमा नाला निर्माण साढे ३ सय मिटिर पाँचलाख रुपैँया बजेटमा काम भइरहेको छ । वडाका विभिन्न बाटोमा ग्राभेलिङको काम लगभग सक्कीन लागिसकेको छ ।
यहाँको वडामा समस्या चाँहि के के छन् ?
अहिले गैँडाकोट ११ मा मूल समस्या भनेको नारायणी नदिको कटान हो, नारायणी नदि किनारमा युवाहरु बसेर कुलतमा फस्ने समस्यालाई पनि मैले जटिल समस्याको रुपमा लिएको छु । अर्को समस्या भनेको ऐलिनी बस्तीलाई व्यवस्थापन गर्नु पनि हो ।
बाटोघाटो निर्माणका लागि के कस्ता योजना छन् ?
अहिले म जनप्रतिनिधि हुँदा मात्र होइन, सामुदायिक वनमा हुँदा पनि बाटोघाटो निर्माणका लागि काम गरेको हुँ । सामुदायिक वनको नेतृत्वमा पाँच किलोमिटर बाटो कालोपत्रै गरिएको छ । अहिले निर्वाचित भइसकेपछि पनि ८ सय मिटर बाटो पनि एक हप्ता अघि नै सम्पन्न भइसकेको छ । अब साढे ८ किलोमिटर कालोपत्रे गर्नु छ । यो साढे ८ किलोमिटरमा ग्राभेल गर्न एक किलोमिटर मात्रै बाँकी रहेको छ । नारायणी किनारमा जुन हामीले अहिले रिंग रोडको अवधारणा गरेका छौँ ।
यस आर्थिक वर्षका लागि बजेट परेका बाटोहरु कुन कुन छन् ?
अहिले बनाउनुपर्ने बाटोहरु ६ वटा रहेका छन् । सामुदायिक भवन पछाडि पट्टी रहेको वस्ती छ , यस बस्तीमा ग्राभेलिङका लागि डेढ लाख रुपैँया परेको थियो, अहिले काम पनि सम्पन्न भइसकेको छ । दोस्रो गणेश मन्दिर देखि बोटेटोलसम्मको गैरि गाउँ शिख्रौली चौर निस्कने बाटो थियो, त्यसको ६०÷७० मिटर ग्राभेल गर्न बाँकी छ । भेडाबारी भिमपत्तियाचोकबाट भित्र जाने बाटोका लागि साढे २ लाख रुपैँया बजेट छुट्टीएको छ, अहिले अलिकति ग्राभेलको कुराले रोकिएको अवस्था छ । धवलागिरी चोक छ कृष्ण भूषालको घर नेर, अनि हर्कको घरनेरको बाटोको लागि पनि निर्वाचित भइसकेपछि पनि मध्यवर्तीको बजेटबाट ग्राभेलिङ पनि भइसकेको छ । अहिले दुई वटा बाटोमा दुबैमा ६ लाख ७५ हजार छुट्याएर पीच गर्ने योजना बनाएका छौँ । यो सह लगानी हो । यो अघिल्लो वर्ष नै छुट्ीएको रकम हो । मुन्ना चोकको बाटोमा नालाका लागि करिब ५ लाख छुट्याएका छौँ करिब साढे ३ सय मिटर जति बन्छकी भन्ने लागेको छ । गणेश मन्दिर वरीपरि पनि नालाको अवधारणा अघि बढाएका छौँ । गैँडाकोट ११ पशुपालनको क्षेत्र भएकाले पनि त्यस क्षेत्रमा नाला सहितको बाटो अझ महत्व राख्ने सबैले महशुस गरेका छन् । पूर्व पश्चिम राजमार्गको बाटो माथि भन्दा पनि बाटो मुनि अझ बढी नालाको आवश्यकता छ । हेल्थपोष्ट पछाडी जुन हाम्रो सार्वजनिक जग्गा जमिन छ । ८ विगाह १० कठ्ठा ४ धुर जमिन हो जुन खेलकुद कैदान हो । यसैमा रहेको पितौँजीघाट स्वास्थ्य चौकी पछाडी नारायणी नदी किनारमा तटबन्धन गर्नुपर्ने आवश्यक छ । यसका लागि ५ देखि १० लाखसम्म बजेट छुट्याइने छ ।
आर्थिक वर्ष २०७४÷७५ का लागि बजेट छ ?
तीनै बाटोहरुलाई पिच गर्ने निरन्तरता दिने हो । वडाका लागि कूल ४३ लाख बजेट रहेको छ ।
बढी प्राथमिकता नदि कटानलाई राख्नुभएको छ ? वडाको बजेट काफि हुँदैन के गर्ने योजना छ ?
यो त एउटा सतर्कता अपनाउने मात्रै हो, वडाको बजेट पूर्ण त हुँदैन, जनताको तवन्धन कार्यक्रम पनि जारी छ , यसमा पनि हामीले पहल गरिरहेका छाँै , मेयर छत्रराजजी पनि काठमाडाँै पुगेर केही दिन अघि यस विषयमा छलफल गर्नुभएको थियो ।
कति क्षेत्र छ नदि कटानको ?
करिब १ किलोमिटर क्षेत्र छ । नारायणी नदिको नदि कटानले १ किलोमिटर सचेतना अपनाउने गरी योजना बनाउनु आवश्यक छ । नदि कटाउन सि आकार लिएको छ । सि आकार भन्नाले चन्द्र आकार बनाएको छ । यसलाई सिधा बनाउनु चुनौती पनि छ ।
अर्को ऐलेनी जग्गाको व्यवस्थापन समस्याको रुपमा रहेको बताउनुभएको छ ? यो कसरी समस्याको रुपमा रहेको छ ?
ऐलेनी बस्ती अहिले २ सय ६० परिवार रहेका छन् । ऐलेनी बस्तीलाई अव्यवस्थित क्षेत्र भन्छु म । यसको व्यवस्थापन चुनौती हो ।
चुनौती कसरी भयो ?
राज्यको ऐन नभएका कारण पनि हामीले केही गर्न नसक्नु, व्यवस्थापनका लागि पहल गर्न कठिनाइ हुनु समस्या हो ।
दीर्घकालिन योजनामा परेका बाटो के के छन् ?
बाटोघाटोको सन्दर्भमा माथिल्लो बेल्ट जंगलको किनार किनारैको बाटो पनि नगरले गर्ने हो, नदि किनारको बाटो चक्रपथ हो यो पनि नगरकै योजना हो । अरु भित्री बाटोको समस्या छैन्, दुई चार बर्षमा सबै बाटाहरु बनिसक्छन् । भित्रि बाटाहरु अहिले ६ मिटरका बनेका छन् अहिले सबैमा ग्राभेल भएका छन् । ग्राभेल पनि करिब ९० प्रतिशत बाटोमा भइसकेको छ ।

गैँडाकोट १० र ११ अर्थात साविक मकुन्दपुर पशुपालनकालागि, दूधको उत्पादनको लागि न्यूजिल्याण्डको रुपमा चिनिन्छ । अहिलेबाट होइन सामुदायिक वनमा रहदा नै पशुपालन वडाको विकासका लागि मूल मन्त्रको रुपमा अघि बढाइएको छ, बढेको पनि छ । आफू सामुदायिक वनमा रहँदा पनि विउपूँजी र गुणस्तरीयताका सम्बन्धमा हामीले राम्रो सहजीकरण पनि गर्दै आइरहेका छौँ । विउँपूजी कार्यक्रम ६ औँ वर्षमा प्रवेश गरेको छ । विउँपूजी वर्षमा एउटा गाई १६ जनाले पाउँछन् । विउँ पूजी नष्ट नहुने पूँजीको रुपमा लिएका छाँै । चार लाख ८० हजार बराबरको कार्यक्रम छ ।
चरन क्षेत्र पनि सामुदायिक वनले उपलब्ध गराएको छ ?
चरन क्षेत्र जंगल कम छ । जंगल भिरालो भएका कारण पनि छैन भन्नुपर्दछ ।
घाँसे मैदान नी ?
घाँसे मैदान त छुट्याएका छौँ । अहिले आफै काट्ने त होइन, मेसिनले घाँस काट्ने हो । मेसिनले जंगल क्षेत्रमा घाँस कटान गर्न पनि असजिलो हुन्छ ।
गाई फार्मको अवस्था के छ ?
दर्ता भएर ४२ वटा फार्म रहेका छन् । साप्ताहीक रुपमा २ वटासम्म पशुको मृत्यु हुने पनि गरेको छ । पशुको सेवाकालागि नगरपालिकामा कुरा उठाँए । पशु सेवा कार्यालय हाम्रै वडाको काम गर्ने कार्यालय नजिक रहेको छ । अघिल्लो बुधबारबाट हामीले पशुसेवा कार्यालय सुरु गरेका छाँै ।
पशुसेवा कार्यालयमा के कस्ता सेवा दिइन्छ ?
पशुलाई लाग्ने रोग, पशुपालनका लागि सहजीकरण, उपचार विधि, केयरीगंविधिका बारेमा जानकारी दिइन्छ । पशुलाई भएको समस्याका विषयमा यहाँ टेष्ट गरिन्छ, यो निशुल्क हुन्छ भने, औषधी भने सशुल्क हुनेछ । यो कार्यालय विहान १० बजेदेखि ४ बजेसम्म सञ्चालन हुनेछ । पशु डाक्टरका लागि नगरले व्यवस्था गर्नेछ ।
यहाँले सुरुमा भनेको अर्को समस्या भनेको लागू औषधको समस्या ? यसले कस्तो प्रभावीत हुनुभएको छ । ?
यो समस्या देशकै समस्या पनि हो, हाम्रो वडामा पनि यो समस्याले वडाबासीलाई प्रभावित बनाएको छ । यसको प्रभाव भनेको समाजमा गलत संस्कारको अभ्यास, सुरक्षाको हिसावले पनि असुरक्षित महसुस गरिएको छ । साँझ पख केही विद्यालय वरपरका क्षेत्र, पीकनिक स्पटका क्षेत्र, नारायणी नदि किनारमा युवाहरु कुलतमा फस्ने, गलत संगतमा लाग्ने गरेको पाएका छाँै । सुरक्षा बढाउने सन्दर्भमा गैँडाकोट इलाका प्रहरी कार्यालयले आफ्नो उपस्थिति पनि जनाएकै छ । सुरक्षाव्यवस्था कडा पारेर मात्रै होइन, अलिकति व्यस्त बनाउन सक्नुपर्दछ जस्तो लाग्दछ । सिटिइभिटीका कार्यक्रम ल्याएर शिप सीकाएर केही व्यस्त बनाउन सके सहजता हुन्थ्योकी भन्ने सोचेको छु ।
शिक्षाको हिसाबले वडालाई कसरी हेर्नुहुन्छ ?
शिक्षाका हिसाबले गैँडाकोट ११ मा ९० प्रतिशत शिक्षित छन् । गैँडाकोट ११ मा आधारभूत विद्यालय छन् । विद्यार्थीसंख्या बढाउनु आवश्यकता छ । यसका लागि सबै मिलेर योजना सहित अघि बढ्नुपर्ने आवश्यकता देखेको छु । कुमारवर्ती आधारभूत विद्यालयमा करिब २ सय ४६ छन्, तल्लो गणेश आधारभूत विद्यालयमा विद्यार्थी कम छन्, यहाँ ५०÷५५ विद्यार्थी रहेका छन् ।
हवस्त धन्यवाद
विजय एफ एम १०१.६ र विजय खबर पत्रिका परिवार दुबै संस्था प्रति धन्यवाद छ । वडाका विकासका लागि जे गरेका छाँै ति सबै कुरा सेयर गर्ने फोरम दिनुभएको छ, अवसर दिनुभएको छ, यसका लागि धेरै धेरै धन्यवाद छ ।

Share.

Leave A Reply