नगरपालिकाको पछिल्लो विवादमा प्रमुख उपप्रमुखको यस्तो छ अभिव्यक्ति ( भिडियो )

0


श्रीधर उपाध्याय
गैँडाकोट, २१ बैशाख । गैँडाकोट नगरपालिकाका उपप्रमुख विष्णुकुमारी कंडेलले नगरप्रमुख छत्रराज पौडेलले अधिनायकबादी चरित्र प्रदर्शन गरेको आरोप लगाउनुभएको छ । नगर प्रमुख पौडेलले कार्यपालिकाको अस्तीत्वलाई इन्कार गरी सधैँ एक्लौटीरुपमा अघि बढेको भन्दै भन्नुभयो “शासन व्यक्तिको होइन, विधिको हुनुपर्दछ” ।

गैँडाकोट नगरपालिकाका नगरप्रमुख छत्रराज पौडेलले एक्लौटीरुपमा योजना पूर्वाधार र संरचना विकास समितिको संयोजक कुमारी रेखा पौडेललाई हटाएपछि कार्यपालिकाका बहुमत सदस्यले पत्रकार सम्मेलन गरी प्रमुखको निर्णय अस्विकार गरेको बताएका छन् । गैँडाकोट नगरकार्यपालिकाका बहुमत सदस्यले हस्ताक्षर गरेको प्रेस विज्ञप्तीमा नगरप्रमुख पौडेलले एक्लौटीरुपमा योजना पूर्वाधार र संरचना विकास समितिको संयोजक कुमारी रेखा पौडेललाई सुनियोजित रुपमा हटाई आफ्नो दलगत प्रभाव जमाउन खोजेको आरोप लगाएका हुन् । विना जानकारी एकचोटी पनि छलफल नगरी निर्णय गरिएको उनिहरुको भनाइ छ ।
नगरप्रमुख पौडेलले नगरकार्यपालिका कार्यसम्पादन नियमावली २०७४ को नियम १५ को उपनियम (२) लाई आधार मानि बैशाख १६ गते कुमारी रेखा पौडेलको जिम्मेवारी खोसी गैँडाकोट नगरपालिका १४ का अध्यक्ष कोकीसरा रानामगरलाई संयोजक तोक्नुभएको हो । बहुमत सदस्यले नियमावलीमा गठित विषयगत समितिलाई पुनः गठन अथवा फेरबदल गर्ने सन्दर्भमा नियमावलीमा केही नभएको उल्लेख गर्दै नियमावलीको गलत व्याख्या गरी अमर्यादित तरिकाले  नगरप्रमुखले निरंकुश कदम चालेको आरोप लगाएका हुन् ।
यता गैँडाकोट नगरपालिकाका नगरप्रमुख छत्रराज पौडेलले आफू विधि र पक्रियामा रहेको दाबी गर्नुभएको छ । नगरकार्यपालिका कार्यसम्पादन नियमावली २०७४ को नियम १५ को उपनियम (२) मा विषयगत समितिको संयोजक तोक्ने अधिकार प्रमुखलाई रहेको हुँदा त्यसैको आधारमा विषयगत समितिको संयोजक परिवर्तन गरिएको बताउनुभयो ।

गँैडाकोट नगरपालिकामा सत्ता पक्ष र विपक्षको गलत अभ्यास सुरु गरि नगरपालिकालाई बन्धकमा राख्न उपप्रमुख र उहाँको समूह कानुन र विधि नै मान्दिन भन्दै हिंड्नु हास्यास्पद भएको बताउनुभयो । आफैले बनाएको कार्यसम्पादन नियमावली २०७४ लाई मान्दिन भन्नु संविधान मान्दिन भन्नु जस्तै भएको नगरप्रमुख पौडेलको भनाइ छ ।

Share.

Leave A Reply