नगरपालिकाका कागजात ध्वस्त पार्ने काण्डमा संलग्न व्यक्तिहरूलाई कागजात देखाउन सक्दीन ः प्रमुख छत्रराज पौडेल

0

गैंडाकोट । गैंडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेलले नगरपालिकाका कागजात ध्वस्त पार्ने काण्डमा संलग्न व्यक्तिहरूलाई नगरका कागजात देखाउन नसक्ने बताउनुभएको छ ।

उपप्रमुख विष्णुकुमारी कंडेल लगायत सदस्यहरुले नगरपालिका प्रमुख र प्रमुख प्रशासकिय अधिकृतको कक्षमा ताला लगाएपछि सो विषयमा नगरपालिका अघि चौतारोमा कोणसभा गर्दै नगर प्रमुख पौडेलले नगर उप प्रमुखले बारम्बार फसाउने नियतका साथ काम गरिरहेको आरोप लगाउनुभयो । अधिकार र हकको अध्ययन नै नगरी नगर उप प्रमुखले बहुमतको नाममा नगरपालिकालाई बन्धक बनाउनेगरी काम गरेको आरोप लगाउनुभयो ।
आफै अनुगमन समितिको संयोजक हुने, योजनाहरु फस्र्यौट गर्ने, कार्यपालिकाले अनुमोदन गर्ने अनि नगर परिषदले पास गर्ने काम भईसकेको अवस्थामा कुनै शंका लागेमा लिखित रुपमा दिन आग्रह गरेपनि नगर उपप्रमुखले सो नगरि घरमा लगेर हेर्न खोजेकोले नदिएको बताउनुभयो । नगर उप प्रमुखले बारम्बार फसाउने नियतका साथ काम गरिरहेको उहाँको आरोप थियो ।
उपप्रमुख लगायतले नगरपालिकामा ताला लगाउनु नगर प्रमुखको छवि विगार्ने प्रयास गरेको उहाँले बताउनुभयो । पारदर्शी तरिकाले काम गरिरहेको अवस्थामा प्रमुखको अधिकारमाथी हस्तक्षेप गरेको बताउँदैं उहाँले कुनै शंका लागेमा समिति गठन गरेर छानबिन गर्न आग्रह गर्दा नमानेको उप प्रमुखलाई विश्वास नलागेर नदिएको बताउनुभयो ।
उहाँले नगर कार्यपालिकाका १८ जना सदस्य तयार भए सम्पुर्ण हिसाबकिताब सार्वजनिक गर्न तयार रहेको बताउनुभयो ।

Share.

Leave A Reply