नक्क्ली सुन देखाइ ठगी गर्ने पक्राउ

0


काठमाडौँ, ४ चैत । नक्क्ली सुन देखाइ ठगी गर्ने एक समूहलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गोङ्गबु क्षेत्रबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नुवाकोटका मसा तामाङ, बुद्धिमान तामाङ, राउसिंह तामाङ, मङ्गले तामाङ तथा गोरखाका कुशल अधिकारी र गोविन्द पोखरेल रहेको ब्यूरोले जनाएको छ । उनीहरुले केही महिनादेखि काठमाडौँ उपत्यकाको विभिन्न स्थानमा नक्कली सुनलाई सक्कली हो भन्दै सस्तो मूल्यमा सुन दिने लोभ देखाएर ठगी गर्ने गरेको पाइएको छ ।

स्थानीय बासिन्दाको उजुरीको आधारमा ब्यूरोबाट खटिएको प्रहरी टोलीले उनीहरुको साथबाट नक्कली सुन र केही नक्कली नेपाली नोट बरामद गरेको छ । उनीहरुविरुद्ध ठगी एवं खोटा चलन कसुरमा काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको ब्यूरोका प्रवक्ता सुदीप गिरीले जानकारी दिनुभयो । अनुसन्धानका क्रममा सङ्गठित गिरोह खडा गरी ठगी गर्ने गरेको, एउटा समूहलाई ठगी गरेपछि प्रयोग भएको सिमकार्ड र मोबाइल बन्द गर्ने गरेको र ठगी गरेको रकम भूमिकाको आधारमा भागबण्डा गरी लिने गरेको खुल्न आएको उहाँले बताउनुभयो ।-रासस

Share.

Leave A Reply