नक्कली सर्टिफिकेट बनाउने चितवनका पराजुली र पौडेल पक्राउ

0

डोलराज रानाभाट, असार ५, गैडाकोट । नक्कली प्रमाणपत्र (सर्टिफिकेट) वनाउने दुइ व्यक्तिलाई चितवन प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा
चितवन जिल्ला भरतपुर म.न.पा.वडा नं. ६ बस्ने बर्ष १९ को बेद प्रसाद पराजुली र वडा नं. ६ बस्ने बर्ष ३३ को सुदिप पौडेल रहेका छन् । बेद प्रसाद पराजुलीले भरतपुर महानगरपलिका वडा नं. ७ बुद्धचोकमा संचालन गरेको बिन्दु फोटो एण्ड भिडियो पसलमा सुदिप पौडेलको मिलेमतोमा स्कुल तथा क्याम्पसहरुको नक्कली लव्धाङक पत्र र चारित्रिक प्रमाण बनाएको भेटिएको हो ।

पसलमा खानतलासी गरी अरोमा ईङग्लिस सेकेन्डरी स्कुल भरतपुरबाट जारी भएको शालिकराम  सापकोटाको नाउँको कक्षा ११ र १२ को नक्कली लव्धाङक पत्र र चारित्रिक प्रमाण पत्र फेला परेकोले बरामद गरी संलग्न दुवै जनालाई पक्राउ गरिएको हो । उक्त नक्कली प्रमाणपत्रहरु बनाउन प्रयोग गरिने कम्प्युटर र प्रिन्टर गरि तीनवटा सामाग्री समेत प्रहरीले बरामद गरेको छ ।

पक्राउ परेकाहरुविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २५ लिखत सम्बन्धी कसुर अन्तर्गत  थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

Share.

Leave A Reply