नक्कली नागरिकता सिफारिसमा सिन्धुपाल्चोकमा अर्का वडा अध्यक्ष प्रक्राउ

0

दिपक खत्री

सिन्धुपाल्चोक, ८ अषाढ । नक्कली नागरिकता सिफारिसमा सिन्धुपाल्चोकमा फेरि अर्का वडा अध्यक्ष पक्राउ परेका छन् । चौतारा साँगाचोक गढि नगरपालिका १ स्याउलेका वडा अध्यक्ष सानुकान्छा श्रेष्ठ सहित वडा सचिव राजबहादुर श्रेष्ठ ,नक्कलि आमा बन्ने एक महिला र झुटो विवरण दिने दलाल सहयोगी स्याउलेबाट पक्राउ परेका हुन् । अन्यन्त्र जिल्लाको नागरीकलाई स्याउले घर भनि झुटो विवरण पेस गरी सिफारिस गरिएको आरोपमा वडा अध्यक्ष सहित चार जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी विमल राज कणेंलले जानकारी दिनुभयो । प्रहरीले हिरासतमा लिएको नक्कली आमा बन्ने महिला र दलाल भनिएका सहयोगीको नाम भने सार्वजनिक गरेको छैन । घटनाबारे अनुसन्धान भइरहेकाले नाम सार्वजनिक नगरिएको प्रहरीको भनाइ छ । यसअघि सिन्धुपाल्चोकमै नक्कली बाबु खडा गरी नेपाली नागरिकता प्रमाण पत्र सिफारिस गरेको आरोपमा हेलम्बु गाउँपालिका ६ (साविकको इचोक)का वडाअध्यक्ष खेतनाथ घिमिरे पक्राउ परेका थिए । मेलम्ची नगरपालिका १० ज्यामिरे निवासी खुशी तामाङलाई नक्कली बाबु बनाएर हेलम्बु गाउँपालिका ६ इचोकबाट नागरिकता सिफारिस गरिएको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको थियो । नक्कली बाबु खडा गरेर खुशी तामाङलाई स्थानीय आशाराम तामाङमार्फत् वडा अध्यक्ष घिमिरेले नागरिकता सिफारिस दिएका थिए ।

Share.

Leave A Reply