धेरै पार्टी हुनुभन्दा कम र ठुलो पार्टी हुनु देश र जनताको आवश्यकता हो – प्रचण्ड

0


चितवन, १३ कार्तिक । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनका जनताको विश्वास जितेर देशको नेतृत्व लिने वताउनुभएको छ । आज भरतपुर विमानस्थलमा प्रेस चौतारी चितवन र प्रेस सेन्टर चितवन शाखाले आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमा वोल्दै प्रचण्डले आफ्नो गृह जिल्लाका जनताको विश्वस लिएर देशको नेतृत्व गर्न चाहेको वताउनुभयो । प्रचण्डले आफ्नो उम्मेद्वारी चितवन ३ बाट नै हुने निश्चित भएकाले यहांका जनताले एतिहासिक अवसर नगुमाउने विश्वास व्यक्त गर्नुभयो । अध्यक्ष प्रचण्डले आगामी निर्वाचनको परिणामले एमालेसंगको पार्टी एकतामा कुनै असर नगर्ने बताउनु भयो । पार्टी एकता संयोजन समिति समेत बनिसकेकोले चुनावी परिणामले एकता प्रकृया नभांडिने उहांको भनाई छ । एमाले र माओवादीले गरेको वाम गठवन्धनले देश र जनताको हित गर्ने प्रचण्डको दावी छ । विगतमा कांग्रेससंग गरिएको निर्वाचन केन्द्रित तालमेल र अहिले एमालेसंग गरिएको गठवन्धन फरक भएको उनको भनाई छ । प्रचण्डले ‘एमाले र माओवादी वीच गरिएको वाम गठवन्धन र एकतामा बैचारिक र राजनीतिक अर्थ रहेको वताउनुभयो । अध्यक्ष प्रचण्डले भन्नुभयो ‘धेरै पार्टी हुनुभन्दा कम र ठुलो पार्टी हुनु देश र जनतको आवश्यकता हो । एमाले र माओवादीले सुरु गरेको एकता अभियानमा कांग्रेसले पनि सुरु गरेकाले यो जनता र देशको हितमा रहेको प्रचण्डको भनाई छ । अब निर्वाचन नहुने विषयमा थप आशंका बांकी नरहेको भन्दै अध्यक्ष प्रचण्डले ‘निर्वाचन आयोग स्वंयले प्रत्यक्षको मतपत दुई सिट प्रयोग गर्ने भएपछि निर्वाचन हुने ढुक्क भएको वताउनु भयो । चितवन निर्वाचन क्षेत्र नः २ का विषयमा अध्यक्ष प्रचण्डले कुनै जटिल कुरा नभएको बताउनुभयो । समयको चापले मात्रै निर्णय नभएको भन्दै ‘आजै एमाले अध्यक्ष केपी ओलीसंग वेलुका भेटेर टुंगो लगाउने वताउनु भयो । माडीको बाँदरमुडे घटनाका पीडितहरुका लागि आफुले सत्तामा हुंदा र नहुंदा पनि भेटेको र राहात समेत दिएको भन्दै प्रचण्डले छिट्टै फेरी माडी जाने बताउनु भयो ।

Share.

Leave A Reply