धार्मिक केन्द्र बन्दै कश्यप आश्रम, जारी महायज्ञमा शनिबारसम्म ३० लाख सहयोग संकलन

0


देवघाट, २ चैत । धार्मिक पर्यटकीय क्षेत्र देवघाटधाममा रहेको कश्यप आश्रम देवघाटधामकै धार्मिक केन्द्रको रुपमा विकास गरिने भएको छ । कश्यप आश्रम परिसरमा स्थापना हुन लागेको शोध केन्द्र तथा अतिथि ग्रह एवं आश्रमले मानवीयताको सन्देश समेत दिने नेपाल सरकारका पूर्व आयुक्त सूर्यनाथ उपाध्यायले बताउनुभएको छ । कश्यम आश्रममा जारी श्रीमद्भागवत धनधान्याचल पितृ उद्धार ज्ञान महायज्ञका शनिबारका प्रमुख अतिथि सूर्यनाथ उपाध्यायले पारदर्शी र योजनाबद्ध रुपमा क्रियाशील साथीहरु लाग्नुभयो भने कश्यप आश्रम देवघाट धामकै धार्मिक तथा अनुषन्धानको केन्द्रको रुपमा स्थापित हुने बताउनुभयो ।

महायज्ञका आयोजक प्रतिनिधि देशबन्धु अधिकारीले सामाजिक भावका साथ २०६६ सालमा कश्यप आश्रमको स्थापना भएको बताउनुभयो । अधिकारीले धर्मशाला, शोधकेन्द्रको स्थापनाले धार्मिक क्षेत्रको प्रभाव अझ बढ्ने भएकाले महायज्ञको आयोजना गरिएको बताउनुभयो । कश्यप आश्रम भित्रको परिकल्पना पूरा गर्न करिब ४ करोड लाग्ने अनुमान गरिएको छ । यस महायज्ञले त्यसको पूर्णताका लागि अभियान मात्र सुरु गरेको बताउनुभयो । यस महायज्ञमा अहिलेसम्म ३० लाख भन्दा बढी आर्थिक सहयोग प्राप्त भइसकेको बताउनुभयो । बन्धुत्वको भावनालाई सबै भन्दा ठूलो शक्ति भएको अधिकारीले बताउनुभयो ।
कश्यप आश्रम देवघाट धामका महासचिव रामहरी शर्माले महायज्ञको प्रमुख उद्देश्यनै पितृ उद्वार भएको बताउनुभयो । यस महायज्ञमा संकलित रकमले सामाजिक कार्यलाई अघि बढाउने बताउनुभयो । बहुउद्देश्यीय सोचका साथ कश्यप आश्रम अघि बढेको शर्माले बताउनुभयो । यज्ञअनुष्ठानमा अक्षयकोषमा सहभागि, भूमिदान जस्ता अनुष्ठान जारी रहेको र चैत ४ गते सामुहिक ब्रतवन्ध, चैत ६ गते चौरासी पूजाको कार्यक्रम रहेको महासचिव शर्माले बताउनुभयो ।
कश्यप आश्रमका सचिव योगराज अधिकारीले कश्यप आश्रमले कूल तीर्थको रुपमा विकास गर्ने, शोध केन्द्रको रुपमा विकास गरी धार्मिक पर्यटकीय क्षेत्रमा योगदान दिने बताउनुयभो । कूल भित्रको ऐतिहासिकताको पक्षलाई जीवन्त दिन पनि यस महायज्ञको साथ दीर्घकालिन योजनाका साथ अघि बढ्ने सचिव अधिकारीले बताउनुभयो ।
कश्यप गोत्रीय अधिकारी समाज नेपालको आयोजनामा देवघाटधाममा जारी श्रीमद्भागवत धनधान्याचल पितृउद्वार ज्ञान महायज्ञमा माधुर्य कथावाचक पण्डित बालकृष्ण अर्यालको प्रवचन रहेको छ । आयोजक कश्यप गोत्रीय अधिकारी समाजले देवघाटधाममा बैदिक सनातन धर्म र सभ्यताको संरक्षण हेतु आश्रमको विकासका लागि अघि बढीरहेको छ ।

Share.

Leave A Reply